धनगढी,३१ बैशाख । कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–११, भुजेलामा विशेष सूचनाका आधारमा भारतीय नम्बर प्लेटको डीएल ४ एचबी २६१३ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक २७ वर्षीय अनिल पहरी र पछाडि सवार २२ वर्षीय आकाश लुहारको साथबाट १ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
यस्तै गड्डाचौकी होल्डिङ सेन्टर नजिकैबाट २४ वर्षीय रविन्द्र चन्दले चलाइएको सुपप्र०२–००३ प ३८९७ नम्बरको स्कुटर जाँच गर्दा सवार २२ वर्षीय चेतन चन्द सँगै ७ ग्राम ९९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको हो।
दुवै घटनामा बरामद लागूऔषध सहित चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।