• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

भन्सारको राजस्व संकलन लक्ष्यकै हाराहारी

कञ्चनपुर — साइकलमा हुने मालसामान ढुवानीका भरमा कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यकै हाराहारीमा राजस्व संकलन गरेको छ । नियमित नाका खुला नहुने र चोरी तस्करी पूर्ण नियन्त्रण नहुँदासमेत लक्ष्यअनुसारै राजस्व संकलन भएको हो ।

कञ्चनपुर भन्सार कार्यालयले वैशाखसम्म ३२ करोड ५० लाख राजस्व संकलनको लक्ष्य लिए पनि ३१ करोड ४३ लाख संकलन भएको छ । जुन लक्ष्यको साढे ९६ प्रतिशत हो । भन्सार कार्यालयले असोज, कात्तिक र मंसिरमा लक्ष्यभन्दा १५ देखि २५ प्रतिशत बढी राजस्व संकलन गरेको छ । अन्य महिनामा लक्ष्यभन्दा कम संकलन भएको छ ।

‘वनबासा पुलमा १० टनभन्दा बढी मालसामान ढुवानी गर्न पाइँदैन,’ कञ्चनपुर भन्सारका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले भने, ‘त्यो पनि नियमित खुला हुँदैन ।’ उनले अधिकांश राजस्व साइकलबाट हुने ढुवानीबाट संकलन भएको बताए । गड्डाचौकी नाकाबाट दैनिक ८० देखि १ सयजति साइकलमा मालसामान ढुवानी हुँदै आएको छ ।

खुला नाकामा चोरी तस्करीका कारण पनि राजस्व संकलनमा समस्या रहेको भन्सार अधिकृत अधिकारीले बताए । उनले विगत ३/४ वर्षदेखि राजस्व संकलन यहि गतिमा गइरहेको छ । चालु आवमा भन्सार कार्यालले ४० करोड बढी राजस्व संकलनको लक्ष्य पाएको छ ।

‘चोरी तस्करीका कारण पनि राजस्व संकलनमा केही समस्या आएको छ,’ अधिकारीले भने, ‘अहिले त भन्सार सुनसान बजार गुलजार हुने अवस्था आएको छ ।’ उनले चोरी तस्करी नियन्त्रणका लागि भन्सार कार्यालयले नियमित गस्तीसमेत बढाएको बताए । विभिन्न नाकामा सुरक्षाकर्मीकै मिलेमतोका कारण भन्सार छली हुने गरेको छ ।

केही सुरक्षाकर्मीले मालसामान ढुवानीकर्ताबाट महिनावारी संकलन गरी तस्करीलाई सहयोग गरेका छन् । भन्सारकै अगाडि र पछाडिबाट समेत चोरी तस्करी हुने गरेको छ ।

‘भन्सारकै कर्मचारीले चोरी तस्करीको मालसामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छन्,’ अधिकारीले भने, ‘जेठ र असारमा मात्रै साढे ७ करोड बढी राजस्व संकलन गर्न बांँकी छ, लक्ष्य भेटाउनकै लागि पनि हामीले नियमित गस्ती बढाएका छौं ।’ वर्षायाममा महाकालीको बाढीले कैयौं दिन वनबासा पुल बन्द हुँदा पनि मालसामान आयात प्रभावित भई राजस्व संकलन प्रभावित भएको हो ।

भवानी भट्ट, कञ्चनपुर, कान्तिपुरबाट

मङ्गलबार, जेठ २१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.