धनगढी ६ चैत/कैलाली उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गर्दै भारतको उत्तर प्रदेशका माननीय गिरीश चंद्र मिश्रा दर्जा प्राप्त राज्यमन्त्री, उत्तर प्रदेश राज्य ललित कला अकादमीका उपाध्यक्षलाई स्वागत एवम् सम्मान गरेको छ ।
संघको सभा हलमा एक कार्यक्रमको आयोजना गर्दै संघले मिश्रालाई स्वागत गरेको हो । अध्यक्ष पुष्प कुँवरको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । स्वागत गर्दै अध्यक्ष कुँवरले कैलालीको उत्तरप्रदेशको सिमा नाकामा पर्यटन, संस्कृति र आर्थिक गतिबिधिलाई बढाउन सहकार्य गर्न आग्रह गरेका थिए । उनले भारतिय पर्यटकलाई सुदूरपश्चिम गौरीफन्टा नाका भएर बातावरण बनाउन समेत अनुरोध गरे । साथै भारत नेपालको सम्बन्धलाई स्तानिय स्तरमा पनि राम्रो बनाउनुुपर्ने धारणा राखेका थिए ।
भेटघाटका क्रममा राज्यमन्त्री, उत्तर प्रदेश राज्य ललित कला अकादमीका उपाध्यक्ष मिश्राले नेपाल भारतको सम्बन्धका बारेमा चर्चा गरेका थिए । सदियौ देखीको सम्बन्ध कायम राख्न आफ्ना क्षेत्रबाट पहल गर्ने बताएका थिए । यस अघि कैलाली उद्योग बाणिज्य संघ र होटल व्यबसायी संघ कैलालीले संयुक्त रुपमा स्वागत गरेका थिए । कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, महसचिव ओम बिष्ट, सचिव सुरेश पाण्डेय, सदस्य कोपिला कुँवर, होटल व्यबसायी संघ कैलालीका अध्यक्ष केशबराज पाण्डे, पर्यटन पत्रकार संघ कैलालीका अध्यक्ष भिम चौधरीले त्रिनगर भन्सार पुगेर मिश्रालाई स्वागत गरेको थियो ।