धनगढी, ६ चैत/राज्यमन्त्री गिरीश चंद्र मिश्रा उत्तर प्रदेश राज्य ललित कला अकादमीका उपाध्यक्ष र सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री प्रकाश देउवाबिच भेटवार्ता भएको छ । पूर्वमन्त्री देउवा र राज्यमन्त्री मिश्राबिच देउवा निवास धनगढीमा भेटवार्ता भएको हो ।
भेटवार्तामा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री प्रकाश देउवाले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेका छन् । देउवाले देव भूमी, कला र संस्कृतिको धनी सुदूरपश्चिमको महत्वबारे राज्यमन्त्री मिश्रालाई जानकारी गराएका थिए । राज्यमन्त्री मिश्राले देवभूमी सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन र यहाँको कला संस्कृतिको तारिफ गरेका थिए । उनले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
मिश्राले पर्यटकीय स्थल गोदावरीको भ्रमण समेत गरेका थिए । नेपाल पर्यटन पत्रकार संघ कैलालीका अध्यक्ष भिम चौधरीले मिश्रालाई गोदावरी धामको भ्रमण गराएका थिए ।