८ फागुन / फेसबुक सञ्चालक संस्था मेटाले अब फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनपछि स्वतः मेटिने घोषणा गरेको छ। यसअघि यस्ता भिडियोहरू अनिश्चितकालसम्म भण्डारण हुने व्यवस्था थियो।
मेटाका अनुसार कुनै भिडियो मेट्नुअघि प्रयोगकर्तालाई सूचना दिइनेछ। सूचना प्राप्त गरेपछि प्रयोगकर्ताले थप ६ महिनाका लागि भिडियो सुरक्षित राख्न, डाउनलोड गर्न, क्लाउड स्टोरेजमा सार्न वा नयाँ रिलका रूपमा परिवर्तन गर्ने विकल्प रोज्न सक्नेछन्।
फेसबुकले यो परिवर्तनको कारण लाइभ भिडियोहरूमा शुरुवाती केही हप्तापछि दर्शकहरूको चासो घट्ने भएकाले गरेको जनाएको छ। साथै, पुराना लाइभ भिडियोहरू सुरक्षित राख्नका लागि नयाँ डाउनलोड टुलहरू पनि सार्वजनिक गरिएको छ।
प्रयोगकर्ताहरूले अब ‘म्यधलयिबम ‘Download Live Videos’ अप्सन प्रयोग गरेर आफ्ना पुराना भिडियोहरू एकैपटक डाउनलोड गर्न सक्छन्। साथै,‘Transfer Live Videos’ अप्सनमार्फत भिडियोहरू ड्रपबक्स, गुगल ड्राइभ जस्ता क्लाउड स्टोरेजमा राख्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ।