धनगढी, २९ माघ/कैलालीको धनगढी १४ फूलबारीमा रहेको प्रदेशकै नमुना एवं ठुलो गुम्बाकोको मङ्गलवार वाट शुभारम्भ गरिएको छ । २०३७ सालमा स्थापना गरेको सानो दोर्जे टाँसी छोलिङ गुम्बा निर्माण भए पनि त्यो अत्यन्त पुरानो र जीर्ण भएकाले त्यही नाउँमा ठुलो गुम्बा निर्माण गरिएको हो ।
फूलबारी एचगाँउमा रहेको गुम्बा मङ्गलवार एक कार्यक्रम बिच सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले उद्घाटन गरेको छन् । उद्घाटन गर्दै पुर्वमन्त्री देउवाले शान्तिका दूत गौतम बुद्धका सन्देश विश्वभर फैलाउन जरुरी रहेको बताए । ‘विश्वका सम्पत्ति हामीले नेपाली भएको भनेर प्रचार गर्न सकेका छैनौ’ देउवाले भने– ‘बुद्ध हाम्रो नेपालका सम्पत्ति हुन् ।’
फूलबारीमा सुदूरपश्चिम स्तरकै ठुलो र नमुना गुम्बा बनेको छ यसलाई हामीले प्रदेशकै सम्पत्तिका रूपमा आघाडी बढाउन सके पर्यटकीय गन्तव्य बनाउन सकिने समेत देउवाले बताएका छन् । यो गुम्बा बौद्ध धर्मावलम्बीका लागि नभएर सुदूरपश्चिम बासीका लागि गौरव भएको बताएका छन् । दोर्जे टाँसी छोलिङ गुम्बा बौद्ध धर्मावलम्बी तथा सरकारको लगानीमा निर्माण सम्पन्न भएको हो । फूलबारी क्षेत्रमा धेरै बौद्ध धर्मावलम्बीको बसोबास रहेकोले त्यस ठाउँमा गम्बाको महत्त्व निकै रहेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर गोलेले बताएका छन् । उनले करिब ६० लाख रुपियाँ लगानीमा निर्माण भएको छ । दुईतले गुम्बामा केही राज्यको र अधिकांश स्थानीयकै लगानी रहेको पनि बताए । उनले भने, “हामीले गाउँ र देश विदेशबाट चन्दा सङ्कलन गरेर प्रदेशकै नमुना गुम्बा बनाइरहेका छौँ । गुम्बा निर्माण र त्यसमा कलात्मक बुट्टा, चित्र बनाउने कार्य पनि यहाँका स्थानीय युवाले गरिरहेका छन् ।”
सरकारबाट प्राप्त बजेट र धेरै जसो चन्दा सङ्कलनबाट उठेको रकम लगानी गरेर गुम्बा निर्माणलाई अन्तिममा पु¥याएको युवा नेता महेश गोलेले बताए । गुम्बाको भुइँतलालाई सभा हलका रूपमा प्रयोग गर्ने जनाइएको छ । यसै गरी माथिल्लो तलालाई पूजा स्थल बनाइएको छ । पूजा स्थलमा बौद्ध मार्गीका सांस्कृतिक कुरा लेख्नुका साथै चित्र बनाइएका छन् । यस्ता कलात्मक चित्र बनाउँदा पूजा स्थल राम्रो देखिने गरेको गुम्बाका लामा थोप्पा लामाले बताए । गुम्बा व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर गोलेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य तेजबहादुर पाख्रीनले गरेका थिए भने कार्यक्रमको सञ्चालन गोपाल मोक्तान गरेका थिए ।