धनगढी, २६ माघ/परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले नेपाली कांग्रेसले काम गर्ने तर प्रचार भने नगर्ने गरेको बताएकी छन् । नेपाली कांग्रेस थारु विभाग र नेपाल थारु संघको संयुक्त आयोजनामा आज कैलालीमा आयोजित प्रथम कैलाली जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री डा राणाले भनिन् – नेपाली कांग्रेसले नेपालमा जातीय मुक्ति एवं जनजातिको अधिकार स्थापित गर्ने क्षेत्रमा धेरै काम गरेको छ तर आफूले गरेका कामको प्रचार कहिल्यै गर्दैन ।
नेपाली कांग्रेस नेपालका सबै जाति, जनजाति, दलित, मधेशी एवं थारु लगायत सबैको साझा पार्टी हो भन्दै नेपालका यी समुदायको अधिकार स्थापित गर्न कांग्रेसले विगतदेखि नै काम गरेको स्पष्ट पारेकी थिईन् । उनले भनिन् – विपी कोइरालाले उहिल्यै परशुनारायण चौधरीलाई पार्टीको महामन्त्री बनाउनुभएको थियो भने अहिले पनि पार्टीले थारु विभाग नै गठन गरेको छ । राज्यका महत्वपूर्ण स्थानमा थारु समुदायका व्यक्तिलाई पुर्याउनका लागि पनि कांग्रेसले विगतदेखि नै काम गरेको छ ।
उनले नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला विसं २०५८ मा कमैया मुक्तिका साथै महिला आयोग र दलित आयोग गठन गर्नुभएको प्रसंग उल्लेख गर्दै मन्त्री डा राणाले भनिन् यो– नेपालमा सामाजिक आन्दोलनका क्षेत्रमा कांग्रेसले धेरै काम गरेको छ, तर यसको प्रचार गर्ने काम भने कांग्रेसले कहिल्यै पनि गर्दैन ।
आफू पनि बर्दियाको थारु बस्तीमै हुर्किएको स्मरण गर्दै मन्त्री डा राणाले आफूले नेपालका थारु जातिलाई इमान्दार, संस्कृति र परम्पराका धनी तथा आफ्ना काममा प्रतिबद्ध जातिका रुपमा चिनेको पनि बताईन् । देउवाले सिकलसेल एनिमिया लाई नियन्त्रण गर्ने विद्यालय स्तरमा बाट नै बिरामीमा सिकलसेल एनिमिया रोग भए÷नभएको यकिन गर्न रगतको परीक्षण गर्ने आवश्यक रहेको बताइन् । नेपालका आदिवासी थारू जातिमा देखिएको वंशाणुगत रोग सिकलसेल एनिमिया सम्बन्धी रोगबाट प्रभावित लाई राज्यले थप सुविधा दिनु पर्ने बताइन ।
यो रोग अमेरिका, अफ्रिका लगायत अन्य मुलकका निश्चित समुदायमा पनि देखिने गरेको हुदाँ यस लाई नियन्त्रण गर्ने सकिने कुरामा मन्त्री राणाको जोड छ । सिकलसेल एनिमिया रोग लाई तत्काल लाई नियन्त्रण गर्ने समुदाय स्तर र विद्यालयमा परिक्षण बढाउँन जरुरी रहेको उनको भनाई छ । राणाले भनिन् मेरो वचपन पनि बर्दियाको थारु गाउँमा वितेको हो, त्यसैले थारु समुदाय लाई आफुले नजिक बाट चिन्ने मौका पाएको छु , त्यस्तै मन्त्री राणाले नेपालको मध्यपश्चिम क्षेत्रमा रहेको कमैया प्रथालाई मुक्ति गर्ने काम नेपाली काग्रेसले गरेको बताइर्न ।