धनगढी २३ मंसिर/नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व परराष्ट्रमन्त्री एनपी साउदले पार्टीबाट निर्वाचत जनप्रतिनिधी र कार्यकर्ताहरुले मिलेर जनहितका पक्षमा काम गर्न आग्रह गरेका छन् । उनले अहिले जनप्रतिनिधी र पार्टीका कार्यकर्ताको मनमुटावले जनतामाझ सन्देश गलत गइरहेको बताएका छन् ।
नेपाली कांग्रेस कञ्चनपुरको क्षेत्र नम्बर २को प्रदेश सभा क कार्यसमितिको गुलरियामा आयोजित १०० दिने विशेष अभियान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यकर्ता र जनप्रतिनिधिहरुले मिलेर अगाडी बढे जन प्रेमी बन्न सकिने हुँदा एकिकृत भएर अगाडि बढ्न आग्रह गरे । अब नेपाली कांग्रेसका प्रत्यक नेताले केन्द्रमुखी नभएर जनमुखी बन्नु पर्नेमा जोड् दिए । उनले पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग भैरहेको देखिन्छ अब कांग्रेसका कार्यकर्ताले यसबारे पनि सचेत हुनुपर्नेमा समेत सजग गराएका छन् ।
त्यसैगरी कांग्रेसका केन्द्रीय सदस्य तथा अभियानका केन्द्रिय प्रतिनिधि कार्यक्रमका विशिष्ट अतिथि नृपबहादुर वडले नेता कार्यकर्ता र पार्टीबाट निर्वाचित जन प्रतिनिधिलाई एक ढिक्का भएर जनप्रयि काम गर्न महोल बनाउन अहिले अभयान चलाएको बताएका छ्न । यो अभियनले दुबै तहको सम्बन्ध मजबुत बनाएर समाजमा राम्रो छाप छोड्न समेत केन्द्रीय सदस्य बडले आग्रह गरेका छन् । पार्टी शुद्धीकरण र पार्टीलाई मजबुत बनाउनको लागि कार्यकर्ता बिचको मनमुटावलाई कम गर्न र भातृत्व सम्बन्धलाई झन मजबुत बनाउनु पर्ने धारणा व्यक्त गरेका छन् । केन्द्रीय सदस्य वडले हामी सधै एकजुट भएर जाने हो भने सबै निर्वाचनमा हाम्र्रो काग्रेस एक नम्बर पार्टी हुनेमा बिश्वास दिलाएका छन् ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य गीता चौधरीले प्रदेश सरकारले भ्याएसम्मको बजेट छुट्याएको र आगामी दिनमा पनि सदैव जनता प्रति उत्तरदायी भएर काम गर्नेमा जोड दिइन् । हामीले बजेट परेन भएन भनेर आपसमा लडिरहनु भन्दा पनि आएको बजेटलाई कार्यान्वयन गर्न पहल गर्नुपर्ने उनले बताइन् । अहिले नेपाली कांग्रेसको सय दिने विशेष अभियान अन्तरगत स्थानीय स्तरमा गएर आफ्नो अभियान द्रुत गतिमा चलाइ रहेको छ ।