• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : धेरै चर्चा, कार्यान्वयनमा अलमल

कञ्चनपुर — उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट शुक्रबार प्रस्तावित सुक्खा बन्दरगाह निर्माणस्थलमा पुगे । मन्त्रालयका कर्मचारीसहित तामझामका साथ पुगेका उनले प्रस्तावित निर्माणस्थल महाकाली नगरपालिका–७ कञ्चनभोजको स्थलगत अवलोकनसमेत गरे ।

पहिलो संविधानसभा निर्वाचनलगत्तै वाणिज्यमन्त्री भएका भट्टले नै दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको सपना देखाएका हुन् । त्यसपछि उनले मन्त्री भएका र नभएका बेलासमेत अवलोकन गरेका छन् । शुक्रबार पनि अध्ययन अवलोकनकै लागि उनी मन्त्रालयका कर्मचारीसहित यहांँ पुगेका हुन् । सुक्खा बन्दरगाह निर्माणका लागि प्रस्तावित क्षेत्रको स्थलगत अवलोकनपछि मन्त्री भट्टले सीमावर्ती भारतको खटिमासम्मको पहुंँचमार्गको समेत स्थलगत निरीक्षण गरेका थिए ।

‘दोधारा चांँदनीमा सुक्खा बन्दरगाह निर्माण भए सुदूरपश्चिमको आर्थिक विकासले गति लिनेछ,’ शुक्रबार स्थलगत अध्ययन अवलोकनका क्रममा मन्त्री भट्टले भने, ‘सबैभन्दा पिछडिएको र दुर्गमसमेत भएकाले दोधारा चाँंदनीलाई छनोट गरिएको हो ।’ वेदकोट नगरपालिकाको छेलामा निर्माण हुने भनिएको छेला औद्योगिक क्षेत्रको भविष्यसमेत सुक्खा बन्दरगाहसंँगै जोडिएको उनले बताए । औद्योगिक क्षेत्र भएको ठाउँमा आयात र निर्यात गर्ने नाका पनि आवश्यक पर्ने उनले बताए । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत सुक्खा बन्दरगाह निर्माणस्थलको स्थलगत अवलोकन गरेका थिए । प्राविधिक टिमसहित महाकाली नदीका सीमा क्षेत्रमा ओर्लिएका दाहालले तत्काल अध्ययन कार्य अगाडि बढाउन निर्देशनसमेत दिएका थिए । उनले हालसम्म भएका गतिविधिबारे समेत सोही ठाउँमा जानकारी दिएका थिए ।

यसअघिका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले समेत उक्त क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । उनले बन्दरगाह निर्माणका लागि भारतसँंग पनि पहल भइरहेको बताएका थिए ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि चर्चा सुरु भएको एक दशकभन्दा बढी भइसक्यो । यो अवधिमा प्रधानमन्त्रीदेखि मन्त्री र राजनीतिक दलका नेताहरूसमेत पटकपटक जोगबुडा नदी किनारको पुटपुटे झाडी ९प्रस्तावित सुक्खा बन्दरगाह निर्माणस्थल० मा पुगिसकेका छन् । तर, हालसम्म यसतर्फ ठोस प्रगति भने हुन सकेको छैन ।

तीन वर्षअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतकै इन्टरमोडल यातायात विकास समितिलेसमेत दोधारा चांदनीमा सुक्खा बन्दरगाह निर्माणको विषयमा सम्भाव्यता अध्ययन गरेको थियो । समितिको अध्ययनले दोधारा चांँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि उपयुक्त स्थान रहेको औंल्याएको थियो ।

‘अध्ययन र अवलोकन धेरै भयो, अब काम सुरु हुनुपर्छ,’ महाकाली नगरपालिका ७ का अध्यक्ष ज्ञानेन्द्रबहेक क्षत्रीले भने, ‘स्थानीयको पनि यही माग छ ।’ उनले केही व्यक्तिले यसका विषयमा नबुझेर विरोध गरे पनि अधिकांशको जोगबुडापारिको बस्ती कञ्चनभोजमै सुक्खा बन्दरगाह निर्माण हुनुपर्ने माग रहेको बताए ।

महाकाली नगरपालिका ७ को कञ्चनभोज बस्ती जोगबुडा नदीपारि पर्छ । यहाँ करिब ४०० परिवारको बसोबास छ । जोगबुडा नदी किनारमै रहेको द्वीपज्योति मध्यवर्ती सामुदायिक वन र आसपासको क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरिएको हो । सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीका लागि २३० बिघा जमिन आवश्यक पर्छ । यसका लागि सामुदायिक वनको २० र अन्य २१० बिघा जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । २१० बिघा जमिन अधिग्रहण गर्दा दुईरअढाई सय परिवार विस्थापित हुने देखिन्छ ।

कञ्चनभोजमा निर्माण हुने सुक्खा बन्दरगाहको कनेक्टिभिटीका लागि भारत गुजरातको मान्द्रा बन्दरगाहसंग जोड्ने विषयमा भारत सरकारसंग छलफल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले बताए । उनले कमभन्दा कम बासिन्दालाई विस्थापित हुने गरी निर्माण कार्य अगाडि बढाइने बताए ।

‘हालसम्म विभिन्न कारणले अल्झियो, अब भने पक्कै काम गर्ने गरी अगाडि बढेका छौं,’ सचिव अर्यालले भने, ‘सुदूरपश्चिममा सुक्खा बन्दरगाहका लागि सबैभन्दा उपयुक्त ठाउँ कञ्चनभोज नै हो ।’ भारतको रेलमार्गसंँगको कनेक्टिभिटी र सीमा क्षेत्रको बस्ती भएकाले कञ्चनभोज उपयुक्त हुने उनले बताए । उनले गुजरातको मान्द्रा बन्दरगाहसंग कनेक्टिभिटीका लागि भारत सरकारसंँग कुरा निकै अगाडि बढिसकेको बताए । जुन कञ्चनभोजबाट १५ सय किलोमिटरको दूरीमा पर्छ । मुम्वइको जवाहरलाल बन्दरगाहसंँगको कनेक्टिभिटीका लागि पनि छलफल भइरहेको उनले बताए ।

‘सुदूरपश्चिमको कृषिलगायत अन्य उत्पादन पनि सीधै अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनसमेत यस क्षेत्रमा सुख्खा बन्दरगाह आवश्यक छ,’ अर्यालले भने, ‘यो नाका भएर आयात निर्यात गर्न वीरगन्जको तुलनामा निकै छोटो हुन्छ ।’ पछिल्लोपटक महाकाली नदीमा निर्माणाधीन चार लेनको पुल र ६ लेनको बाटोसमेत सुक्खा बन्दरगाहकै पूर्वाधारका रूपमा हेरिएको छ । मन्त्रीसहितको टोली कञ्चनभोजमा पुग्दा केही स्थानीयले सुक्खा बन्दरगाह बनाउन नहुने भन्दै विरोधसमेत गरेका थिए । स्थानीयलाई विस्थापित गरेर सुक्खा बन्दरगाह बनाउन नहुने भन्दै विरोध जनाएका थिए । अधिकांशले भने जसरी पनि सुक्खा बन्दरगाह निर्माण हुनुपर्ने माग गरेका छन् । उनीहरूले उचित मुआब्जा र रोजगारीलगायतको ग्यारेन्टी हुनुपर्ने माग गरेका छन् ।

सीमावर्ती भारततर्फ पनि सुक्खा बन्दरगाहको पहुँच मार्गका लागि तीन ठाउँमा सर्भे भएको छ । पहिलो कञ्चनभोजको पारि मेलाघाट, दोस्रो खटिमाभन्दा केहीमाथि नगरा र तेस्रो चक्करपुर क्षेत्रबाट सुक्खा बन्दरगाहका लागि पहुँंच मार्ग निर्माणका विषयमा सर्भे भएको महाकाली नगरपालिकाका प्रमुख वीरबहादुर सुनार बताउँछन् ।

बिहिबार, फागुन ०१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.