धनगढी, माघ २८- सुदुरपश्चिममा पहिलो पटक निसर्ग हस्पिटलमा अनुहारको शल्यक्रिया भएको छ । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर १ की गोवडी महरको पहिलो पटक सुदुरपश्चिम प्रदेशमै निसर्ग हस्पिटलले अनुहारको शल्यक्रिया गरेको हो ।

डाक्टर दिपक ठकुराठी डाक्टर हेमन्त ओझा र डाक्टर लक्ष्मीराज जोशी लगायतको टीमले ६ घण्टा लगाएर सफल शल्यक्रिया गरेका हुन् । ईन्टुवेसन प्रविधिवाट वेहोस बनाएर सुदुरपश्चिम प्रदेशमै पहिलो पटक अनुहारको शल्यक्रिया निसर्ग हस्पिटलले गरेको हस्पिटलका अध्यक्ष तिर्थ पन्तले बताउनुभयो ।

नजिकैको जंगलमा घाँस काट्ने क्रममा भीरवाट लडेकी महरको अनुहारमा १० वटा प्लेट लागेको शल्यक्रियामा संग्लन डाक्टर हेमन्त ओझाले जानकारी दिनुभयो । धेरै ठाउँमा जाँदा उपचार सम्भव नभएको भनेपछि निसर्ग हस्पिटल आएको र सफल शल्यक्रिया भएको महरकी छोरी कमला ठगुन्नाले बताउनुभयो ।
निसर्ग हस्पिटलले सुदुरपश्चिम प्रदेशमा विभिन्न अत्याधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।