धनगढी २ मंसिर/नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय माग गरेपछि अन्योल थपिएको बताएका छन् ।
गेटा मेडिकल कलेज आइतबार अनुगमन गर्दै पुर्वप्रधानमन्त्री देउवाले प्रतिष्ठान बनाउने भनेर अगाडी बढिरहेका बेला विश्वविद्यालयको माग सहित आन्दोलन हुन थालेपछि अन्यौलता थपिएको बताएका छन् । “विश्वविद्यालय बनाउने की प्रतिष्ठान बनाउने त्यो अब सल्लाह गरेर के कस्तो हुन्छ बनाउला नि” देउवाले भने –“जे बनाए पनि राम्रै हुन्छ अहिलेलाई तिन सय शय्याको अस्पताल चलाऔँ, पहिले पढाई सुचारु हुनु परो ।” ३ सय शय्याको अस्पताल चलाऊ पूर्वाधार सबै आउँछ उनले भने ।
गेटा अस्पतालका तर्फबाट मेडिकल कलेज र अस्पतालको अवस्थाका बारेमा अस्पतालका प्रमुख चेतराज भट्ट पुर्वप्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।