काठमाडौं – स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजारले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६५ हजार निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँचले घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार नौ सय ५५ निर्धारण भएको छ।