जनक बोहरा
बाजुरा ११ कार्तिक/जिल्लाको त्रिवेणी नगरपालिकामा आजदेखि देखि छैटौँ मेयर कप सुर भएको छ । राष्ट्रका लागि खेलकुद स्वास्थ्य का लागि खेलकुद भन्ने मूल नाराका साथ त्रिवेणी नगरपालिका ले राष्ट्रपति रनिङ सिल्ड तथा छैटौँ मेयर कप प्रतियोगिता आज देखि सञ्चालन गरेको हो ।
कैलाशेश्वरी माध्यमिक विद्यालयका अध्यक्ष खडक बहादुर अयडीको अध्यक्षता सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण बहादुर थापा रहनु भएको थियो । । त्यस्तै कार्यक्रममा नगर उपप्रमुख कमला न्यौपाने विशिष्ट अतिथि रहनुभएको थियो । १ देखि ९ सम्मका वडा अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश साउद लगाएत राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, राष्ट्रिय रेफ्री हिमाल खड्का लगायतको उपस्थिति रहेको थियो ।
नगर प्रमुख कर्ण बहादुर थापाले खेल को उद्घाटन गर्दै खेलाडीहरू राष्ट्रका गहना भएकोले खेल क्षत्रका माध्यमबाट व्यक्तित्व विकास गरी ब्यक्तिले उच्च मान सम्मान र प्रतिष्ठा प्राप्त गर्ने हुँदा खेल क्षेत्र निकै आवश्यक रहेको बताएका थिए । खेलले मानिसको शारीरिक क्षमतालाई थप मजबुत बनाउँन हुँदा मानव स्वास्थ्यका लागी खेल निकै अनावश्यक रहेको बताए । देल क्षेत्रबाटै राम्रो प्रगति गरेको खण्डमा ब्यक्तिले स्वदेशको मात्रै नभई विदेशसम्मका आफ्नो छवि बनाउन सक्ने भएकोले युवायुवतीहरूमा खेल निकै आवश्यक रहेको थापाले बताएका हुन् । खेल क्षेत्रको विकासमा त्रिवेणी नगरपालिकाले भरपुर साथ सहयोग गरिरहने उनले बताए । कार्यक्रममा पालिका भित्रबाट ११ वटा विद्यालय सहभागी रहेका छन् ।
कैलाशेश्वरि माध्यामिक विद्यालयका प्रधानाध्यापक भानसिंह अयडीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कैलाशेश्वरि माध्यमिक विद्यालयका शिक्षक केशव बहादुर साउद ले गर्नु भएको थियो ।
