धनगढी, १० कार्तिक/सुर्मादेबि युवा क्लबको आयोजना गोरखबहादुर रोकाया स्मृति फुटबल प्रतियोगिता सुरुभएको छ । धनगढी उपमहानगरपलिका १९ स्थित आई गाउँको रहेका क्लबको खेल मैदानमा संचालन गरिएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहका आर्थिक मामिला तथा राज्यमन्त्री प्रकाश बम बिशिष्ट अतिथि रहेका थिए । कार्तिक १० गतेदेखि २२ गते सम्म संन्चालन हुने प्रतियोगितामा १९ पुरुष र ८ महिला टिमको सहभागिता रहेको अयोजकले जानकारी दिएका छन् ।
उद्घाटन समारोहमा बेल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सामाजिक मन्त्री खड्काले सुदूरपश्चिम प्रदेशको खेल क्षेत्रको विकासको लागि आफु क्रियाशिल रहेको बताए । यस्तै आर्थिक राज्य मन्त्री खेलकुद क्षेत्रमा अनुशासनको आवश्यकता औल्याए । उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि र समाजिक क्षेत्रका क्रियाशिल व्याक्तीहरुको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष राजेन्द्र स्नेहीको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो ।
यस्तै मनकामना युवा क्लब र सुर्मादेखि युवा क्लब बिच पहिलो उद्घाटन खेल सम्पन्न भएको छ । सो उद्घाटन खेलमा ४-१ गोल अन्तरले मनकामना युवा क्लबले बिजयी सुरुवात गरेको छ । प्रतियोगिता पुरुष तर्फको बिजेताले ६० हजार र उप–बिजेताले ३० हजार नगद पुरस्कार पाउने छन् ।यस्तै महिला तर्फको बिजेता र उप–बिजेतालेक्रमशः ३५ हजार र २५ हजार नगद पुरस्कार पाउँने अयोजकले जनाएको छ ।