धनगढी ७ कार्तिक/धनगढी उपमहानगरपालिले खोलानालाको अतिक्रमण हटाउन सूचना जारी गरेको छ। खोलानाला अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना खाली गर्न सूचना जारी गरिएको हो।
खोलानालाको अधिकार क्षेत्र अतिक्रमण गरी पानीको बहाव रोकिने गरी निर्माण गरिएका भौतिक संरचानाहरू हटाउन भन्दै उपमहानगरपालिकाले आज सूचना जारी गरेको छ।
पानीको प्राकृतिक बहाव यथावत कायम राख्न र खोलानाला किनारका सार्वजनिक जग्गाहरूमा हरियाली विकास गर्न, सडक तथा फुटपाथ निर्माण गर्न, खोलाको अधिकार क्षेत्र तथा सेटब्याक रेखाङ्कन गर्ने कामसमेत गरिने उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।