धनगढी, २४ असोज/५० क्विन्टल क्षमताको चिस्यान केन्द्र ९कोल्ड स्टोर० लाई गोदावरी नगरपालिका कृषि उपज थोक बजार समितिलाई हस्तान्तरण गरेको छ । गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको कृषि उपज थोक बजार समितिको परिसरमा निर्माण गरिएको कोल्ड स्टोरको साँचो आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले कृषि बजारका अध्यक्ष नन्दलाल भट्टलाई हस्तान्तरण गरेका हुन् ।
कोल्ड स्टोर अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल नेपाल परियोजनाको आर्थिक सहयोगमा निर्माण भएको हो । आठ लाख १७ हजार ६९९ रुपियाँ तथा कृषि उपज थोक बजार समितिको एक लाख पचास हजार लगानीमा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो ।