• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विश्व क्षयरोग दिवसको अवसरमा सुदूरपश्चिममा जनचेतना अभियान तीव्र, धनगढीमा सञ्चारकर्मीसँग अन्तरक्रिया

धनगढी,९ चैत /  विश्व क्षयरोग दिवस २०८२ को अवसरमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा क्षयरोग नियन्त्रण र जनचेतना अभिवृद्धि गर्न विविध कार्यक्रमहरू गरिँदै छन्। “हो! हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान हाम्रो योगदान” भन्ने मूल नारासहित यस वर्ष विश्व क्षयरोग दिवस भोलि चैत १० गते मनाइदै छ।

विश्व क्षयरोग दिवसको अवसरमा आज धनगढीमा  सञ्चारकर्मीसँग  अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा क्षयरोगको अवस्था, चुनौती र समाधानका उपायहरूबारे गहन छलफल भएको थियो।

यसैगरी,  चैत १० गते (भोलि) बिहान प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिएको छ । चौराहाबाट सुरु भएर प्रभातफेरी शुभश्री प्यालेसमा पुगेर समापन गरिने, त्यसपछि विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रमसमेत गरिएको छ । विद्यार्थीहरूलाई क्षयरोगको लक्षण, रोकथाम र उपचारबारे जानकारी दिइने  स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले  जानकारी दिए।

यस्तै चिकित्सकहरूसँग समेत क्षयरोगसम्बन्धी अन्तरक्रिया गरिने र यसले सरकारी र निजी क्षेत्रबीच सहकार्य सुदृढ बनाउन सहयोग पुग्ने स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक नरेन्द्र सिंह कार्कीको भनाइ छ।

दिवसकै अवसरमा सञ्चारकर्मीसँग मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ।  यस्तै अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण तथा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिनेसमेत निर्देशक कार्कीले जानकारी दिए।

प्रदेशका ९ वटै जिल्लामा स्वास्थ्य कार्यालयमार्फत जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने छन्  भने ८८ वटै स्थानीय तहमा समेत दिवस मनाउन सामान्य प्रशासन मन्त्रालयबाट पत्राचार गरिएको एचआइभी एवं क्षयरोग फोकल पर्सन मनोज ओझाले बताए।

क्षयरोग अझै पनि सार्वजनिक स्वास्थ्यका लागि चुनौतीका रूपमा रहेको भन्दै सरोकारवालाहरूले यसको अन्त्यका लागि सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको बताएका छन्। उनीहरूले समयमै परीक्षण, नियमित औषधि सेवन र जनचेतना अभिवृद्धि नै क्षयरोग नियन्त्रणको मुख्य उपाय भएकोमा ओझालेजोड दिएका छन्।

सोमबार, चैत ०९, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.