धनगढी, १२ माघ / सल्यानको त्रिवेणी गाउँपालिका -२ सालिभाङस्थित जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लुहामले बीमा दाबीमार्फत सदस्य मिना थापालाई राहत प्रदान गरेको छ।
३३ वर्षीया सदस्य मिना थापाका श्रीमान् करण थापाको २०८२ साल मंसिर २५ गते निधन भएपछि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडमार्फत ३ लाख रुपैयाँ बराबरको कर्जा मिनाहा गरिएको शाखाले जनाएको छ। साथै, मृतकको अन्त्येष्टि क्रियाकर्मका लागि १५ हजार रुपैयाँ क्रियाखर्चसमेत उपलब्ध गराइएको छ।
बीमा दाबी हस्तान्तरण कार्यक्रममा २२ जना सहभागी थिए। कार्यक्रममा संस्थाका कर्मचारी झलक बुढा तथा शाखा सञ्चालन अधिकृत खेमराज सार्कीको उपस्थिति रहेको थियो।