धनगढी,२४ भदौ /कैलालीको लम्किचुहा नगरपालिकामा जेनजी प्रदर्शनकारीले तोडफोड गरेका छन्।
सोमबार सरकारले बल प्रयोग गरी गरेको दमनप्रति आक्रोशित युवापुस्ताले मंगलबार कैलालीका विभिन्न स्थानमा व्यापक प्रदर्शन गरेका हुन्।प्रदर्शनमा जेनजी पुस्तासँगै अन्य उमेर समूहका युवायुवतीहरूको पनि सहभागिता रहेको छ।
