काठमाडौं । जेन जी पुस्तासहितका आन्दोलनकारीले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार कब्जामा लिएका छन् । पश्चिम गेटबाट प्रदर्शनकारी सिंहदरबार पसेका हुन् ।
यता, संसद् भवन पनि प्रदर्शनकारीको कब्जामा पुगेको छ । सेनाले अवरोध नगरेपछि प्रदर्शनकारी संसद् भवन प्रवेश गरेका हुन् । प्रदर्शनकारीले आगजनीसमेत गरेका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेसका भवन र शीर्ष नेताको भवन, मन्त्री क्वार्टरमा प्रदर्शनकारीले आगो लगाएपछि नेपाली सेनाले उनीहरुलाई सुरक्षित स्थानमा लगेको छ ।
