• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

गेटा अस्पतालको उपचारमा सीमितता, एउटै व्यक्तिलाई दोहोरो जिम्मेवारी

कैलाली, २२ साउन /  नेपालकै पहिलो सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भित्र सञ्चालित अस्पतालमा सबै सेवा सुविधा पाइने भनिए पनि हाल भएका सेवा पनि अङ्कुश लगाइदा बिरामीले सास्ती खेप्न थालेका छन । हाल अस्पतालमा विशेषज्ञ सेवा विस्तार भएसँगै दैनिक औसतमा डेढ सय सम्म बिरामी आउने गरेका भए पनि २० जनाको मात्रै भिडियो एक्स–रे गर्ने लिमिट तोकिदा धेरै बिरामीले समस्या खेप्दै आएका छन् ।

अत्तरियाकी कमला ताम्राकार छोरीको पेट दुखेपछि गेटा अस्पताल पुगिन् । पेटको उपचारका क्रममा डाक्टरले भिडियो एक्स–रे गराउन भने । सोही अनुसार उनी अस्पतालको बिल काउन्टरमा पुगिन । तर, बिल काउन्टरका कर्मचारीले उनलाई आजको लिमिट पुगेको भन्दै फिर्ता पठाए । ‘दिनमा २० जनाको मात्रै भिडियो एक्स–रे हुने रहेछ । जुन बिहानै प्याक भइसके भन्दैछन’ उनले भनिन ‘छोरीको पेट दुखेर आएकी थिए । अहिले भिडियो एक्स–रे गर्न अब कहाँ जाउँ ।’ उनले यती ठुलो अस्पतालमा पनि दिनमा २० वटा मात्रै भिडियो एक्स–रे हुने कुरा सुनेर अचम्म लागेको बताइन् ।

उनी जस्तै भिडियो एक्स–रे गर्न पुगेकी सुनिता विकले तेस्रो दिनमा मात्रै भिडियो एक्स–रे गर्न पाएको बताइन् । ‘बिहानै १० नबज्दै २० वटा भिडियो एक्स–रेको बिल काटिसक्दा रहेछ’ उनले भनिन् ‘पहिलो दिन चेक गराउँदै ढिला भएर भिडियो एक्स–रे भएन । दोस्रो दिन म नपुग्दै लिमिट पुरा भयो भनेपछि फकिए । तेस्रो दिन मात्रै भिडियो एक्स–रे गर्न पाए ।’ उनले बाहिर गएर भिडियो एक्स–रे गर्ने विकल्प नभएकाले समस्या भएको बताइन । ‘समस्या त सेतीमा पनि यस्तै हुन्थ्यो तर, त्यहाँ बाहिर निजीमा गएर भिडियो एक्स–रे गर्न सकिन्थ्यो’ उनले भनिन ‘यहाँ त नजिक कुनै अस्पताल मेडिकल छैनन् । कि अत्तरिया पुग्नु पर्छ कि धनगढी ।’

हाल अस्पतालमा भिडियो एक्स–रेका लागि डा। होम पन्तलाई नियुक्त गरिएको भए पनि उनैलाई सेती प्रादेशिक अस्पतालको पनि जिम्मेवारी दिइँदा उनी गेटा अस्पतालमा बिहान ११ बजे देखि २ बजे सम्म मात्रै नियमित भिडियो एक्स–रे गर्ने गरेको अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीले बताए । उनले ३ घण्टाको अवधिमा डा। पन्तले २० वटा मात्रै भिडियो एक्स–रे गर्ने गरेको बताए ।

गेटा अस्पतालमा हाल १४१ जनाको अस्थायी दरबन्दी रहेको छ । डा। पन्तलाई पनि गेटामै कार्यरत रहने गरी नियुक्ति दिइएको भए पनि उनीलाई सेती अस्पतालमा पनि सिटी स्क्यान गर्ने जिम्मेवारी तोकिएकाले थोरै मात्रै भिडियो एक्स–रे गर्ने गरेको सूचना अधिकारी कार्कीले बताए । उनका अनुसार हाल अस्पतालमा आएका बिरामी मध्ये करिब २० प्रतिशतको भिडियो एक्स–रे गर्नुपर्ने हुन्छ । तर, २० वटा मात्रै भिडियो एक्स–रेको लिमिट हुँदा सबै बिरामीले सेवा लिन पाएका छैनन् । ‘अहिले डेढ दुई सय बिरामी आइरहेका छन् । त्यसमा २० प्रतिशतले पनि भिडियो एक्स–रे गराए ४० जना पुगिहाल्छन्’ उनले भने ‘एक जना मात्रै डाक्टर छन् । उनले दिनमा २० वटा मात्रै गर्न सक्छु भनेका छन् । जसले गर्दा समस्या भएको छ ।’ उनले इमर्जेन्सीमा बिरामी आएमा भने २० भन्दा बढी पनि भिडियो एक्स–रे गर्ने गरिएको बताए ।

गेटा अस्पतालमा सुरुवाती दिनका तुलनामा बिरामीको चाप बढिरहेको भए पनि सो अनुसार सेवा बिस्तारमा कन्ज्युस्याई गरिदा दीर्घकालीन असर पर्ने चिन्ता गरिएको छ । गेटा अस्पतालमा हाल स्वास्थ्य बिमा सुविधा पनि विस्तार हुन सकेको छैन । हाल स्वास्थ्य बिमा सुविधा विस्तारका लागि पहल भइरहेको अस्पतालले जनाएको छ ।

बिहिबार, साउन २२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.