• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मुख्यमन्त्री शाहद्वारा एक वर्षको उपलब्धि सार्वजनिक

 धनगढी२० साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफू नेतृत्वको सरकारको एक वर्षको उपलब्धि विवरण सार्वजनिक गर्नुभएको छ।

सरकारले एक वर्ष अवधि पूरा गरेको अवसरमा मुख्यमन्त्री शाहले पत्रकार सम्मेलन गरेर उपलब्धि विवरण सार्वजनिक गर्नुभएको हो। उहाँले राजनीतिक एवम् शासकीय दृष्टिकोणबाट आफू नेतृत्वको सरकारको एक वर्षको अवधि सफल रहेको बताउनुभयो। सरकारले कार्यान्वयनमा ल्याएको योजना तथा कार्यक्रमले जनमानसमा नयाँ आशा र भरोसाको सञ्चार भएको मुख्यमन्त्री शाहको भनाइ थियो।

उहाँले विगतका योजना, विकास र प्रशासकीय कमीकमजोरी सुधार गरी दिगो सुशासन र विकासको प्रत्याभूति दिलाउनेतर्फ निर्देशित भई सरकार क्रियाशील रहेको उल्लेख गर्नुभयो। प्रदेश सरकारले नीतिगत र प्रणालीगत सुधारका अतिरिक्त विकास निर्माणलाई तीव्रता दिएको मुख्यमन्त्रीको भनाइ थियो। एक वर्षको अवधिमा सडक, सिँचाइ र खानेपानी तथा जनताका आवास लगायत पूर्वाधार, नदी नियन्त्रण, पहिरो नियन्त्रणलगायतका संरक्षणात्मक कार्यमा उल्लेख्य प्रगति भएको उहाँले बताउनुभयो।

यसैगरी, कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग र उत्पादकत्व अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु सञ्चालन भएका मुख्यमन्त्रीको भनाइ थियो। उहाँले शिक्षा, स्वास्थ्य लगायतका सामाजिक विकासका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो। प्रदेश सरकारले समग्र शासकीय गुणस्तर एवम् सुशासन अभिवृद्धिमा जोड दिएको शाहले उल्लेख गर्नुभयो।

प्रदेश सरकारले एक वर्षको अवधिमा १८ वटा ऐन नियम, निर्देशिका तथा कार्यविधि जारी गरेको जनाइएको छ। यसैगरी, आर्थिक वर्ष २०८१÷८२ मा ७०.२२ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सक्षम भएको पत्रकार सम्मेलनमा जनाइएको छ।

सरकारले एक वर्षको अवधिमा १०६ किलोमिटर कालोपत्रे, १०३ किलोमिटर ग्राभेल, १४६ किलोमिटर कच्ची गरी जम्मा ३५५ किलोमिटर सडक निर्माण गरेको छ। यस्तै, १३ हजार ९४७ हेक्टर जमिन सिँचाइ सुविधालाई पुनःस्थापना पना गरेको जनाइएको छ। खेतीयोग्य जमिन जोगाउन २७ किलोमिटर तटबन्ध निर्माण र २७ हेक्टर जग्गा नदी उकासबाट प्राप्त भएको मुख्यमन्त्रीद्वारा सार्वजनिक प्रगति विवरणमा उल्लेख छ।

यस्तै, असार मसान्तसम्म एक लाख तीन हजार ५२४ जनसङ्ख्यामा खानेपानी सुविधा थप विस्तार भएको जनाइएको छ। कैलालीको जानकी, बर्दगोरिया र जोशीपुर गाउँपालिकाका साथै डोटीको दिपायल सिलगढी नगरपालिकामा खानेपानी, सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालन गर्न नेपाल सरकार खानेपानी मन्त्रालय र प्रदेश सरकारबिच लागत साझेदारीमा १३ अर्ब ३८ करोड ७० लाख रुपियाँ बराबरको आयोजना सञ्चालनका लागि काम अगाडि बढेको जनाइएको छ।

मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.