• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

भूमिहीन सुकुम्वासीहरुद्धारा टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी

टीकापुर । टीकापुर नगरपालिका १ का विभिन्न शिविरमा रहेका भूमिहीन सुकुम्वासीहरुले टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

टीकापुर बहुमुखी क्याम्पस र बीरेन्द्र विद्या मन्दिर माविको जग्गामा बसिरहेका भूमिहीन सुकुम्वासीले जग्गा नापजाँचको माग गर्दै प्रदर्शन गरेका छन् । विहीबार दिनभर नगरपालिका कार्यालयमा धर्ना दिएका उनीहरुले साँझपख कार्यालयमा तालाबन्दी गरेका छन् ।

तालाबन्दी गर्ने क्रममा मूल ढोकाको छेउमा लगाएको ठूलो सीसा फुटाएका छन् भने सीसा फुटदा नगर प्रहरी रिमा साउदको हात काटिएको छ ।

नगर प्रमुख रामलाल डगौरा थारुले मिडियासँगको अन्तरवार्तामा कानुनअनुसार पाउनु पर्नेले जग्गा पाउने तर तत्काल दिन नसकिने बताएका थिए ।

जग्गा अतिक्रमण गरी बसे पनि नगरपालिकाले हटाउन नसक्ने हटाउनु परे सङ्घीय सरकारबाट मात्रै हुने बताएका थिए । नगर प्रमुखको उक्त भनाइलाई विषय बनाउदै निर्वाचन ताका भोट लिने तर जग्गा दिन असहयोग गर्न लागेको आरोप लगाउँदै भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबास एकता समाज नगर समन्वय समिति टीकापुरका अध्यक्ष पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै विरोध गरेका छन ।

पार्टी कामको सिलसिलमा काठमाडौंमा रहनु भएका नगर प्रमुखको सचिवालयले नगरपालिका सुकुम्वासी समस्या समाधान गर्न सदैव लागिरहेको र भूमि आयोगले काम गरिरहेकाले तत्काल प्रदर्शन रोक्न र संवादमा आउन आह्वान गरे पनि सुकुम्वासीहरुले प्रदर्शन जारी राखेका छन् ।

नगर प्रहरी प्रमुख पहलबहादुर शाहले सयौको सङ्ख्यामा आएका सुकुम्वासीले कार्यालय छिर्ने चार वटै ढोकामा ताला लगाएर धर्ना दिएको र अन्तिममा मूल ढोकामा ताला लगाइ सीसा फुटाएर गएको बताए ।

टीकापुर नगरपालिकाको तथ्यांकअनुसार वडा १ मा मात्रै एक हजार ११७ भूमिहीन दलित, एक हजार ५२८ सुकुम्वासी र दुई हजार ४८० गरी पाँच हजार १२५ जनाले भूमि आयोगमा निवेदन दिएका छन् । यहाँ एकतानगर, बिशालनगर, शिवनगर, गणेशपुर, चमेलीपुर, एकतापुर, शक्तिनगर, भूपु कर्मचारी, भूपु कमैया नामका शिविर खडा गरेर बसेका छन् ।

शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.