• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपाल आइडलको टप १० मा पुगे डोटीका निरज, भोट गर्न अनुरोध

धनगढी , ५ साउन / नेपाल आइडल सिजन सिक्सको टप १०  मा पर्न सफल भएका डोटीको दिपायल सिलगढी नगरपालिका -४ राजपुर घर भएका नीरज विश्वकर्मालाई भोट गर्न परिवारले आग्रह गरेका छन् ।

एसएमएस मार्फत भए पनि भोटिङ गर्न अपिल गरिएको हो । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल नेपालकै अहिलेसम्मकै ठुलो साङ्गीतिक प्रतिस्पर्धा हो । सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै डोटीका नीरज टप–१० मा परेका छन् ।

नेपाल आइडल बन्न दर्शकको भोट आवश्यक पर्ने भन्दै परिवारजनले सम्पूर्ण सुदूर पश्चिम,देशवासीलाई एसएमएस गर्न आग्रह गरेको हो । नेपाल आइडल बन्दा सुदूर पश्चिम गौरव बढ्ने नीरजका बुवा प्रताप विकले बताए ।

नीरज सुदूरपश्चिमबाट नेपाल आइडलमा टप १० मा पुग्ने एक मात्रै प्रतिस्पर्धी हुन् । नीरजमा अरूमा भन्दा पृथक् गायन क्षमता रहेको र उनको जित सुदूर पश्चिमको लागि गौरवको विषय हुने भएकाले एसएमएस भोटिङ गरी जिताउन उनका बुवा प्रतापले अपिल गरे । ‘छोरोको सानैदेखि गायनमा रुचि र गायक बन्छु भन्ने लक्ष्य अहिले सार्थक बन्ने मोडमा आइपुगेको छ, भोट गर्न आग्रह गर्छु’, उनले भने ।

नेपाल आइडल प्रतियोगिता हरेक शुक्रवार साँझ प्रसारण हुन्छ । शनिवार साँझ ९ बजेर ३० मिनेट देखि हुने अनलाइन भोटिङ मङ्गलवार दिउँसो २ बजे सम्म नीरजलाई भोट गर्न सकिन्छ । मोबाइलको म्यासेज बक्समा गई NI09 टाइप गरी ३७०० मा पठाउन सकिनेछ । विदेशमा रहेका दर्शकले भोट गर्न नेपाल आइडलको एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

उनले नेपाल आइडलमा विजयी बनाउने हात दर्शकको रहेको भन्दै भोट गर्न आग्रह गरे । नीरजलाई एसएमएस भोटिङ गरी जिताउन विभिन्न कलेज, उच्च मावि र संघसंस्थामा पुगेर अपिल गरेको उनले बताए ।

छोटो समयमा भोट गरेर आफूलाई विजेता बनाउन विश्वकर्माले सबै सुदूरपश्चिम बासीलाई अपिल गरेका छन्।

उनले नेपाल आइडलको सिजन सिक्समा सुदूरपश्चिमबाट एक मात्रै प्रतिस्पर्धी रहेकाले सबैको सहयोग पाए आफू विजेता हुने आशा लिएको बताएका छन्।

सोमबार, साउन ०५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.