कैलाली, २५ असार / कैलाली जिल्लाको गोदावरी नगरपालिकामा भारी वर्षाका कारण केहि संरचनात्मक क्षति पुगेको छ। नगरपालिकाको पश्चिमतर्फ रहेको पर्खाल भत्किएको जनाइएको छ। केही बर्ष अधि मात्रै नगरपालिकाको भबन र पर्खाल एडिबीले बनाएको थियो ।
आज मध्याह्न करिब एक घण्टा लगातार परेको भारी वर्षाका कारण गोदावरीसहित कैलालीका अधिकांश स्थानमा जलमग्नता भएको छ। अत्तरिया चोक डुबानमा परेको छ भने यहाँका नदी तथा खोलाहरूमा पानीको बहाव तीव्र रुपमा बढेको छ।
यसैबीच, कञ्चनपुरको झलारीबाट श्राद्ध गर्न आएका ६ जना व्यक्ति गोदावरी नदीको टापुमा फसेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार ती व्यक्तिहरूको उद्धार प्रयास जारी छ।