धनगढी , २१ असार / गायक तथा चर्चित उद्घोषक प्रेम बोगटीको नयाँ गीत ‘जोगी बनायो’ बिहीवार सार्वजनिक भएको छ। उक्त गीत बोगटीकै अफिसियल युट्युब च्यानल ‘Prem Bogati Official’ मार्फत सार्वजनिक गरिएको हो।
सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न मेला महोत्सवमा व्यस्त उद्घोषकका रूपमा चिनिएका बोगटीले यसअघि ‘टोपी ढाकैको’, ‘जोइ परानी’ जस्ता लोकप्रिय गीतहरू पनि सार्वजनिक गरिसकेका छन्।
‘जोगी बनायो’ गीतमा प्रेम बोगटीको स्वर रहेको छ भने संगीत संयोजन पनि उनले आफैं गरेका छन्। प्रेम बोगटीका अनुसार गीतले प्रेममा परेका व्यक्तिको गहिरो भावना प्रस्तुत गर्छ।
गीत प्रेमीहरूले युट्युबमा ‘Prem Bogati Official’ मा गएर हेर्न र सुन्न सक्नेछन्।