• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भजनीमा किसानको चैत धान बिक्री संकटमा, बजार अभाव र मूल्य घट्दो

धनगढी,२१ असार । कैलालीको भजनी नगरपालिका-३ का किसान सन्तलाल चौधरी यसवर्ष उत्पादन गरेको चैत धान बिक्री नहुँदा चिन्तित छन्। तीन बिघामा धान खेती गरेका उनले अहिलेसम्म आफ्नो उत्पादन बेच्न सकेका छैनन्। व्यापारीसँग पटक(पटक आग्रह गर्दा पनि उचित मूल्यमा धान बिक्री सम्भव नभएको उनको गुनासो छ।

“व्यापारीले अत्यन्तै सस्तोमा धान खोजिरहेका छन्,” उनी भन्छन्, “उनीहरूले भनेको मूल्यमा बेच्दा लागतसमेत उठ्दैन। अब त धान खेती गरेर पछुतो लाग्न थालेको छ।”

यद्यपि सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ, व्यापारीहरू उक्त मूल्यमा धान खरिद गर्न इच्छुक देखिएका छैनन्। हाल किसानहरूले प्रतिक्विन्टल २ हजारदेखि २ हजार ५०० रुपैयाँसम्ममा धान बिक्री गरिरहेका छन्, तर त्यो मूल्यमा पनि बिक्री ठप्पजस्तै छ।

गतवर्ष प्रतिक्विन्टल ३ हजार ८ सय रुपैयाँमा धान बिक्री गरेका अर्का किसान डल्लु दासले यसपालि उत्पादन बढी भए पनि बजारको अभावले समस्या थपिएको बताए। “गतवर्ष मैले त्यही धान ३८ सयमा बेचेको थिएँ, अहिले व्यापारीलाई कर कर गरेर पनि बिक्री गर्न सकेको छैन,” उनले भने। कति किसानले त उधारोमा व्यापारीलाई धान दिएका छन्, तर पैसा कहिले आउँछ भन्ने निश्चित छैन।

भजनी नगरपालिका-५ का लालभोझी निवासी कृषक बुढाले पनि उत्पादन गरेको धान जबरजस्ती उधारोमा व्यापारीका जिम्मा लगाउनु परेको अनुभव सुनाए। “एक बिघा धानमा झन्डै १८ हजार खर्च लाग्छ, तर बजार नभएको कारण लागतभन्दा कममा धान बेच्नुपरेको छ,” उनको भनाइ छ।

यसवर्ष भजनीमा करिब एक हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको छ। उत्पादन बढेसँगै किसानको आकर्षण पनि बढेको थियो, तर बजार व्यवस्थापन नहुँदा धेरै किसान पछुतोमा परेका छन्। किसान परदेशु चौधरी भन्छन्, “गतवर्षको मूल्य राम्रो पाएपछि म आफैँले दुई बिघा थपेर धान लगाएँ, अहिले त्यो निर्णय गलत भएको महसुस हुँदैछ।”

भजनी डुबान जोखिमयुक्त क्षेत्र भएकाले वर्षा सुरु भएसँगै धान भण्डारणमा पनि चुनौती थपिएको छ। “बाढी आउँदा घरमा अन्न राख्न सकिँदैन, अहिले त धेरै किसानले धान हुलाकी सडकमै राखेका छन्,” स्थानीय भोजराज कठरिया बताउँछन्।

व्यापारीहरूले धान सस्तोमा किन्नका लागि किसानलाई दबाब दिइरहेको गुनासो समेत छ। भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी भन्छन्, “प्रदेश सरकारदेखि सङ्घीय सरकारसम्म किसानको धान खरिदको लागि गुहार लगायौँ, तर कुनै सुनुवाइ भएन।”

उनले सरकारलाई समर्थन मूल्यमै धान खरिद गरेर किसानलाई राहत दिन आग्रह गरे। “सयौँ क्विन्टल धान बिक्रीबिहीन अवस्थामा छ। सरकारले कदम नचाले व्यापारीले फाइदा उठाउने र किसान हतोत्साहित हुने निश्चित छ,” नगर प्रमुख चौधरीले भने।

भजनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चैते धान जोन सञ्चालनमा छ। तर, उत्पादन विस्तार भए पनि बजारीकरणको अभावले किसान मारमा परिरहेका छन्।

शनिबार, असार २१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.