बैतडी, १९ असार / सुर्नया गाउँपालिकामा यस वर्षको माध्यमिकक्षा परीक्षा (एसईई) तथा कक्षा ८ को आधारभूत तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ।
गाउँपालिकाले २०८२ साल असार २० गते बिहान १० बजे गाउँपालिकाको कार्यलय परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरेर सम्मान गर्ने जनाएको छ। कार्यक्रममार्फत २०८१ सालको एसईइ परीक्षामा उच्चतम ग्रेड ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिने जनाएको छ ।
गाउँपालिकाबाट प्रकाशित सूचनामा उल्लेख भएअनुसार एसईइ परीक्षामा सबैभन्दा उच्च जीपीए ३.७३ ल्याउने रोहित अवस्थी (श्री शंकर संस्कृत मा.वि. मूलखटाली) पहिलो स्थानमा छन्। त्यसपछिका उत्कृष्ट विद्यार्थीहरुमा रोहित कुँवर, भुषण शाह, करिश्मा अवस्थी, आरती चन्द र इशिका मडै छन्।
यस्तै, कक्षा ८ को आधारभूत तह परीक्षा २०८१ मा उच्चतम जीपिए ३.६८ ल्याएर पहिलो स्थान हासिल गर्ने चन्द्र बहादुर बिष्ट (श्री भुवनेश्वर मा.वि. गोयली) छन्। दोस्रो र तेस्रो स्थानमा कपिल चन्द र आशिष भट्ट रहेका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोग राज जोशीद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित विद्यालयहरुलाई विद्यार्थीहरुलाई तोकिएको मितिमा गाउँपालिका कार्यालयमा उपस्थित गराउन अनुरोध गरिएको छ।
सुर्नया गाउँपालिकाले शिक्षा क्षेत्रमा विद्यार्थीको प्रोत्साहनका लागि गरेको यो कार्यक्रम एकदमै फलदायी रहेको देखिन्छ।
