काठमान्डौं /यस वर्षको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत गतवर्ष भन्दा यस वर्ष नतिजा सुधारिएको जानकारी दिए ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
