धनगढी, ९ असार / बैतडीको सुर्नयाका युवाहरूले गठन गरेको सुर्नया युवा जागरण अभियान र राष्ट्रिय युवा सञ्जालको संयुक्त पहलमा असार ७ गते धनगढी-३ स्थित नेशनल चोकमा नेपाली राष्ट्रिय झण्डा राखिएको छ।
कार्यक्रमले राष्ट्रिय एकता, भ्रष्टाचारविरुद्धको सन्देश तथा सामाजिक जागरणको सन्देश फैलाउने उद्देश्य राखेको आयोजकले बताएका छन्।कैलालीका विभिन्न स्थानमा क्रियाशील सुर्नयाका युवाहरूले सामाजिक क्रियाकलाप, खेलकुद, सरसफाइ तथा बालबालिकाको हक-अधिकारका क्षेत्रमा निरन्तर क्रियाशील भूमिका निर्वाह गर्दै आएका छन्।
अभियानका संयोजक विशाल भट्टका अनुसार, बाल क्लबहरूको गठनमार्फत बाल अधिकार संरक्षण, युवामा राष्ट्रप्रेमको भावना अभिवृद्धि, र सामाजिक नेतृत्व विकास अभियानका मुख्य लक्ष्य हुन्। यसअघि पनि मालिका युवा सञ्जालको अगुवाइमा त्यही स्थानमा झण्डा खम्बासहित राखिएको थियो। सोही सञ्जालका अध्यक्ष पनि कार्यक्रममा उपस्थित थिए।
यसपटकको झण्डा धनगढीका स्थानीय यवा मात्र नभई बैतडी तथा अन्य जिल्लाबाट आएका युवाहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो। “समृद्ध सुर्नया,सशक्त युवा” नाराका साथ युवाहरूले बैतडीको सुर्नया गाउँपालिकालाई सामाजिक, सांस्कृतिक र आर्थिक दृष्टिले अगाडि बढाउने संकल्प गरेर अघाडी बढेका थिए। आगामी दिनमा पनि यस्ता रचनात्मक तथा देशभक्तिपूर्ण कार्यक्रमहरूलाई निरन्तरता दिने अभियानका संयोजक भट्टले बताए ।