• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

धार्मिक संरचना निर्माणमा बजेट बढी

 धनगढी,७ असार । सुशासन र समृद्धिको कुरा तड्कारो रूपमा उठाउँदै आएको सुदूरपश्चिम प्रदेश सरकारले मठमन्दिर, मण्डली, मस्जिद जस्ता धार्मिक संरचना निर्माणमा अत्यधिक बजेट विनियोजन गरेको पाइएको छ ।

प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत धार्मिक संरचना निर्माणका लागि करोडौँ बजेट विनियोजन गरेको देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालयको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइमार्फत कार्यान्वयन हुने गरी प्रदेशको नौ वटै जिल्लामा १९१ धार्मिक संरचना निर्माणका लागि सरकारले २९ करोड ४४ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

निर्माण हुने संरचनामा सबैभन्दा बढी मन्दिर, हवनकुण्ड, धर्मशाला, मन्दिरको पर्खालमा रहेका छन् । यसै गरी ख्रिस्टिय मण्डली, मस्जिदलगायतमा पनि बजेट हालिएको छ ।  कतिसम्म भने सरकारले कुल देवताको मन्दिरदेखि न्यौपाने समाजको मन्दिर निर्माणसम्म बजेट विनियोजन गरेको छ ।

धार्मिक संरचना निर्माणका लागि न्यूनतम सात लाखदेखि बढीमा एक करोड ५० लाख रुपियाँसम्म बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारको आव २०८२/८३ को कार्यक्रम पुस्तिकामा उल्लेख भएको विवरण अनुसार सबैभन्दा धेरै धार्मिक संरचनामा १० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

त्यसै गरी सरकारले यस्तो संरचना निर्माणका लागि सबैभन्दा बढी कैलालीमा बजेट विनियोजन गरेको छ भने सबैभन्दा कम बाजुरामा बजेट रहेको छ । कैलालीमा ६१ वटा धार्मिक संरचना निर्माणका लागि जम्मा ११ करोड ३३ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । यो जिल्लामा लम्कीचुहा नगरपालिका–३ स्थित कैलाशधाम अधुरो मन्दिरमा भौतिक संरचना निर्माणका लागि एक करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

यसै गरी कैलाली क्षेत्र नम्बर २ मा थारू मरुवा निर्माणका लागि पनि एक करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । कैलालीमै कर्णालेश्वरधाम महादेव मन्दिरको पूर्वाधार र धनगढीमा बलराम कृष्ण मन्दिर निर्माणका लागि ५०÷५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । बैतडीमा २७ वटा धार्मिक संरचना निर्माणका लागि चार करोड ४९ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । यो जिल्लाको दशरथ चन्द नगरपालिका–१० स्थित सत्पाली नागार्जुन मन्दिर, गेट, घेरबार, पर्खाल निर्माणका लागि ९५ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

यसै गरी कञ्चनपुरमा पनि २७ वटा धार्मिक संरचना निर्माणका लागि तीन करोड ३८ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । यस जिल्लाको भम्केनी धाममा नेपाल आमाको मूर्ति स्थापनाका लागि ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

बझाङमा १८ वटा धार्मिक संरचनाका लागि एक करोड ९१ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । डोटीमा १५ वटा संरचना निर्माणका लागि दुई करोड ५५ लाख रुपियाँ बजेट छुट्याइएको छ । डोटीको नानाकेदार मन्दिर र दुर्गामाण्डौँ मन्दिर निर्माणका लागि ५०/५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

डडेलधुरामा १४ संरचना निर्माणका लागि एक करोड ८० लाख, अछाममा २२ वटा संरचना निर्माणका लागि तीन करोड पाँच लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । यसै गरी दार्चुलामा पाँच संरचनाका लागि ७५ लाख र बाजुरामा दुई संरचनाका लागि १८ लाख रुपियाँ बजेट छुट्याइएको छ ।

धार्मिक संरचना निर्माणका लागि यति बजेट किन भनी जिज्ञासामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले जनप्रतिनिधिले जनताको मागलाई नै सम्बोधन गरेका कारण यी बजेट आएको प्रतिक्रिया दिनुभयो । “जनताकै माग जनप्रतिनिधिले पूरा गर्नुभएको हो जस्तो लाग्छ,” उहाँले भन्नुभयो, “धार्मिक हिसाबले यो प्रदेशमा मठमन्दिर, शक्तिपीठ बढी भएका कारणले मठमन्दिरको बजेट विनियोजन गर्नुलाई अन्यथा रूपमा लिइनु हुन्न ।”

बहुआयामिक गरिबी र बेरोजगारी दर बढी रहेको यस प्रदेशमा अनुत्पादक क्षेत्रमा धेरै बजेट विनियोजन भएपछि सरकारको आलोचना हुन थालेको छ । पर्यटनमा लगानी गर्ने थुप्रै ठाउँ हुँदाहुँदै अनुत्पादक क्षेत्रमा लगानी गरेर सरकारले राज्य कोषको दोहन गर्न खोजेको पूर्वआर्थिक मामिलामन्त्री एवं प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेत नरेशकुमार शाहीले बताउनुभयो । भोट सङ्कलन र राजनीति गर्नका लागि सरकारले यस्तो क्षेत्रमा बजेट विनियोजनमा ध्यान दिएको भन्दै उहाँले थप्नुभयो, “कहाँ जानुपर्ने हो, सरकारलाई आफ्नो गन्तव्य नै पत्तो छैन ।”

सरकारको अधिकतम लगानी रोजगारी सिर्जना र गरिबी निवारण गर्ने क्षेत्रमा हुन आवश्यक रहेको शाहीको ठम्याइ छ ।

शनिबार, असार ०७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.