• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

डडेल्धुरामा ७१ करोडको आलु उत्पादन

डडेल्धुरा , ७ असार / जिल्लामा एक हजार २ सय २२ हेक्टर क्षेत्रमाफलमा लगाइएको आलुको उत्पादन पछिको मूल्य ७१ करोड बढी पुगेको छ । बर्खे र हिउँदे गरी डडेल्धुरामा दुई सिजनमा आलुखेती गरिन्छ । मध्य पहाडी जिल्ला डडेल्धुरामा बर्खे आलु ४०० हेक्टर र हिउँदे आलु ७२२ हेक्टर क्षेत्रफलमा लगाईने गरेको तथ्याङ्क प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन ईकाई डडेल्धुराको छ ।

कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत पिताम्बर बस्नेतका अनुसार अहिले बर्खे आलु खन्ने क्रम जारी छ । बर्खे आलुखेती दुई हजार मिटरको उचाई भएका क्षेत्र खासगरी अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकाको केही भेगमा गरिन्छ । अहिले बाली कटानी गर्दा औसतमा प्रतिहेक्टर ३० मेट्रिकटन उत्पादन निस्किएको उनले बताए ।

यसरी हेर्दा बर्खे आलुको उत्पादन १२ हजार मेट्रिकटन भएको छ । उनले भने, ‘‘हाल आलुको फुटकर मूल्य प्रतिकेजी ३० रुपियाँ र थोक मूल्य प्रतिकेजी २५ रुपियाँ छ । किसानले खेतमै प्रतिकेजी ३० रुपयाँसम्म मूल्य पाइरहेका छन् । थोक मूल्य जोड्दा १२ हजार मेट्रिकटनको मूल्य ३० करोड हुन आउछ । हिउँदे आलुको उत्पादन औसतमा प्रति हेक्टर २३ मेट्रिकटन थियो । हिउदे आलु १६ हजार मेट्रिकटन उत्पादन भएको थियो भने यसको थोक मूल्य जोड्दा ४१ करोड रुपियाँ हुन आउछ ।’’

हिउँदे आलु अमरगढी नगरपालिका, गन्यापधुरा, नवदुर्गा गाउँपालिकासँगै ठुलो मात्रामा भित्रिमधेश क्षेत्र चुरे पर्वतको परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा गरिन्छ । बर्खे र हिउँदे आलुको उत्पादन र थोक मूल्य जोड्दा वार्षिक ७१ करोड मूल्य बराबरको आलु उत्पादन हुने उनले बताए।

उनका अनुसार यहाँ उत्पादन भएको आलु सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बिउका रुपमा निर्यात हुदै आएको छ । किसानले खायान आलु बाहेकको आलु बिउ आलुका लागि बिक्रि गर्दै आईरहनु भएको छ । बिउ आलुका लागि करिब छ महिला शित भण्डारमा भण्डारण गर्नु पर्ने कार्यालय प्रमुख बस्नेतले बताए । गत वर्ष बिउ आलुको मूल्य प्रतिकेजी ६५ रुपियाँ थियो । उनले भने, ‘‘यस वर्ष बिउ आलुको मूल्य निर्धारण गर्न बाँकी छ ।’’ मूल्य निर्धारण गरिसकेपछि बिउ आलु महँगो मूल्यमा बिक्री हुने भएकाले समग्रमा मूल्य अझै बृद्धि हुने उनको भनाइ छ ।

आलुको उत्पादन बढाई किसानलाई व्यावसायीक बनाउन सिँचाइ पूर्वाधार निर्माण, जनावारबाट जोगाउन घेरबार, कृषि यन्त्रिकरणमा हाते टेक्टर वितरण गरिरहेको उनले बताए । ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गर्ने, मल, बिषादीसंगै प्राबिधिक सहयोग गर्ने, आलु बिउमै बिक्री गर्न शित भण्डार भण्डारण गरे वाफत हुन आउने रकममा प्रतीकेजी दुई रुपियाँका दरले किसानलाई उपलब्ध गराउदै आएको उनले बताए । प्रतिकेजी तीन रुपियाँका दरले कृषि ज्ञान केन्द्रले किसानलाई रकम उपलब्ध गराउने गरेको उनको भनाइ छ ।

शित भण्डारमा छ महिना भण्डारण गरेको मूल्य प्रतिकेजी पाँच रुपियाँ हुन आउछ । उनले भने, ‘‘यो सबै किसानले अनुदानमा पाउनु हुन्छ । आलुको बिज बृद्धि (पिभिएस) दाना उत्पादन, शित भण्डार मर्मत, आलुराख्ने बोरा वितरण गरी किसानलाई सहयोगसँगै उत्साहित गरिरहेका छौँ ।’’

आलुको उत्पादन देखि उत्पादनपछि बजारी करण र औद्यौगिकरणमा सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

 

शनिबार, असार ०७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.