• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

यस बर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३ हजार भन्दा बढी पर्यटक पुगे

कैलाली, ६ असार /  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस वर्ष साढे ३ हजार बढी पर्यटक प्रवेश गरेका छन् । निकुञ्ज कार्यालयका अनुसार जेठसम्म अधिकांश आन्तरिक र थोरै विदेशी पर्यटक घुम्नका लागि भित्र प्रवेश गरेका हुन् । निकुञ्ज कार्यालयका अनुसार ३ हजार २ सय ८४ आन्तरिक, १ सय ७६ सार्क राष्ट्रका र १ सय ५१ अन्य विदेशी मुलुकका गरी ३ हजार ६ सय ११ पर्यटक यहाँ घुमेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा कम हो । गत आर्थिक वर्षमा नेपाली ३ हजार ७ सय ६२, सार्क राष्ट्रका १ सय ३२ र अन्य विदेशी नागरिक १ सय ११ गरी ४ हजार ५ ले निकुञ्ज घुमेका थिए । प्रचारप्रसारसँगै भौतिक पूर्वाधार अभावका कारण यहाँ पर्यटकको संख्या निकै कम हुने गरेको छ । कोरोना संक्रमणपछि पर्यटकको संख्या बढ्न थाले पनि फेरि स्थिर हुन थालेको छ ।

‘विदेशीको संख्या थोरै मात्रामा बढेको छ, तर आन्तरिक पर्यटक घटेका छन्,’ निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘समग्रमा हेर्दा गत वर्षभन्दा पर्यटकको संख्या कम देखिन्छ ।’ बर्खा लागेपछि पर्यटकका लागि निकुञ्ज प्रवेश बन्द हुन्छ । बाटोघाटोको समस्या हुने भएकाले सफारीका साधन भित्र लैजान गाह्रो हुने भएकाले बन्द गरिँदै आएको छ । निकुञ्जका बारेमा प्रचारप्रसार नहुनु र भौतिक पूर्वाधारको अभावका कारण पनि पर्यटक भित्र्याउन नसकिएको संरक्षण अधिकृत वाग्ले बताउँछन् । ‘निकुञ्ज आसपासमा स्तरीय होटल छैनन्, होटल खुलेमा पर्यटक पनि आकर्षित हुन्छन्,’ वाग्लेले भने, ‘निजी क्षेत्रले पनि यसतर्फ ध्यान दिनुपर्छ, पर्यटकीय गतिविधि बढाउनुपर्छ ।’

सीमा क्षेत्रमा हुने झञ्झटदेखि सडक सञ्जालको अस्तव्यस्ततालगायत कारण पर्यटकहरू बढ्न नसकेको पर्यटन व्यवसायी परमानन्द भण्डारी बताउँछन् । उनका अनुसार विगतका वर्षमा पूर्वी क्षेत्रबाट ठूलो संख्यामा पर्यटक आउने गरेका थिए । तर सडक सञ्जालको समस्या, जहाँ घण्टौँ जाममा परिने डरलगायत कारण उक्त क्षेत्रका पर्यटक निकै कम आएका छन् । ‘प्रचारप्रसार पनि राम्ररी हुन सकेन, निकुञ्जले पनि सूचना डेस्कसम्म राख्न सकेको छैन,’ भण्डारीले भने, ‘एकरदुई जना मात्रै घुम्न आउँदा निकै महँगो हुन्छ, यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा निकुञ्जले सोच्नुपर्छ ।’

पछिल्लो समयमा निकुञ्जको प्रचारप्रसारका लागि शुक्लाफाँटा पर्यटन महोत्सव पनि नियमित रूपमा सञ्चालन हुँदै आएको छ । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई २०७२ फागुन ९ गते निकुञ्जमा स्तरोन्नति गरिएको थियो । फागुन ९ देखि नै भीमदत्त नगरपालिकाले हरेक वर्ष महोत्सव सञ्चालन गर्दै आएको छ । शुक्लाफाँटामा बाघ, हात्ती, गैँडा र ठूलो झुन्डमा बाह्रसिंगा देख्न पाइन्छ । यसबाहेक विशाल घाँसे मैदान, रानीताललगायत अन्य ताल, कृष्णसार पनि यहाँका आकर्षण हुन् ।

शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.