• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

छोटो अवधिमा धनगढीका सडक आहा ! भन्नलायक बने

धनगढी, १ असार /   साँघुरो त छँदै थियो, त्यसैमा प्रायः सबैतिर खाल्टाखुल्टी परेको । न गतिलो नाली न त फुटपाथ । केही वर्षअगाडि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुख्य सडकको अवस्था देख्दा लाग्दैनथ्यो कि यहाँ दुई तहको सरकार छ । ग्रामीण क्षेत्रका कतिपय सडकभन्दा पनि खत्तम देखिन्थ्यो अस्थायी राजधानीको सडक ।

सडकको दुरवस्थाकै कारण अघिल्लो प्रदेश सरकारले व्यापक आलोचना खेप्नु पर्‍यो । त्यस्तो आलोचना र आक्रोशबाट स्थानीय सरकार तथा प्रदेशकै एक मात्र उपमहानगरपालिका धनगढी पनि अछुतो रहेन । दुई सरकार बसेकै सहरको सडक अव्यवस्थित, खत्तम भन्दै धेरैले आलोचना गरे । आक्रोश व्यक्त गरे । मुख्य सडक फराकिलो र राम्रो बन्नु पर्छ भन्ने आवाज धेरै उठे पनि प्राविधिक रूपमा कठिनाइ थियो ।

सडक फराकिलो बनाउनका लागि सडक किनारका कैयौँको भौतिक संरचना हटाउन जरुरी थियो । त्यस कार्यलाई धनगढीका नगरप्रमुख गोपाल हमालले पूरा गरे। धनगढीको कैलाली पुलदेखि क्याम्पस चोकसम्म सडक अधिकारक्षेत्रमा पर्ने ४२८ संरचना भत्काएर हटाइयो । त्यसपछि सो सडक निर्माणका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गर्‍यो ।

छोटो अवधिमा अब धनगढीका कतिपय सडक आहा १ भन्नलायक बनेका छन् । कैलाली पुलदेखि पश्चिमतर्फ ट्राफिक चौराहासम्म क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत मुख्य सडक बनेको थियो तर पूर्वतर्फ बाँकी रहेको सडक विस्तारको कामलाई प्रदेश सरकारले पूरा गर्ने कार्य गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको ५१ करोड ६८ लाख रुपियाँ लगानीमा २।३ किलोमिटर कालोपत्रे सडक निर्माण गरिएको छ । ३० मिटर चौडा यो सडकको बिचमा मेडियन राखिएको छ । कैयौँ वर्षदेखि खाल्टाखुल्टी, कामचलाउ साँघुरा सडकलाई फराकिलो र व्यवस्थित बनाउने कार्य प्रदेश सरकारले गरेको छ ।

व्यवस्थित नाली र फुटफाथसहित यो सडक बनेको हो । सडक निर्माणका क्रममा व्यापार व्यवसाय ठप्प भएर निराश व्यवसायी फराकिलो कालोपत्रे बाटो बनेपछि खुसी देखिन्छन् । “अहिले बनेको सडक एकदम राम्रो र फराकिलो देखिन्छ,” धनगढीको क्याम्पस रोडस्थित जीवन एग्रोभेटका सञ्चालक जीवन चौधरीले भने, “प्रदेश सरकारले यो राम्रो काम गरेको छ ।” सडक बन्ने क्रममा दुई वर्ष व्यापार व्यवसाय गर्न समस्या भएको उनको भनाइ छ । प्रदेश सरकारले बनाएको फराकिलो सडकले धनगढीको सुन्दरता बढाएको चौधरीको बुझाइ छ ।

आइतबार, असार ०१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.