धनगढी , ३१ जेठ / बैतडीको सुर्नया गाउँपालिकामा प्राविधिक बिल, नापी किताब र कार्य सम्पन्न प्रतिवेदन बेगर सडक मर्मत तथा सम्भारमा खर्च भएको भनि झन्डै ४ लाख रुपैयाँ भुक्तानी गरेको छ। कुन सडक खण्ड, कहिले कति मात्रामा मर्मत सम्भार तथा सरसफाई भयो भन्ने यकिन हुन नसक्दा प्राविधिक बिल, नापी किताब र कार्य सम्पन्न प्रतिवेदनले कैफियत देखाएको छ।
सडक सरसफाई भनेर प्रा.स नरबहादुर बिष्ट, ६ नम्बर वडा कार्यालयका वडा सचिव टङ्कप्रसाद अवस्थी, फिल्ड सहायक विनोद प्रसाद अवस्थी , रोजगार संयोजक सुरेन्द्र सिंह धामी र प्रा.स. लोकबहादुर बिष्टले पाएको भुक्तानीमा कैफियत देखिएको हो ।
३ लाख ९४ हजार ६ सय ७ रुपैयाँ बराबर भुक्तानीको यकिन गर्न सकिने कुनै प्रमाण नभेटेपछि भुक्तानी पाउनेहरूको नाममा कैफियत राखिएको छ।
