धनगढी, २९ जेठ / सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले धनगढी उपमहानगरपालिका वडा नं. ३ को कार्यालय परिसरमा फलदार रूख रोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत आँप, कागती लगायतका विभिन्न प्रजातिका १ सय वटा रूखहरू रोपिएको बैंकका कर्मचारी निराजन बमले जानकारी दिए।
हरित विकासमा योगदान पुर्याउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानबाट वातावरण संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा बैंकका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा समुदायका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।