धनगढी, २५ जेठ / बैतडी सुर्नया गाउँपालिकाका युवाहरु धनगढीमा भेला भएर युवा जागरण अभियान अगाडी बढाएका छन् । स्थानीय सरकारले गरी रहेको एकलौटीपन र बेथितिका विरुद्ध आवाज बुलन्द गर्ने उद्देश्यले युवाहरु एकजुट भएका हुन ।
युवाको क्षेत्रमा कुनै कार्यक्रम नगर्ने, सुचना उपलब्ध नगर्ने , युवाहरुलाई प्रोत्साहन भन्दा पनि निरुत्साहित गरिरहेको भन्दै युवाहरु स्थानीय सरकारसँग निरास भएर खबरदारीका लागि युवा जागरण अभियान अगाडी बढाएका हुन । सुर्नया गाउँपालिका घर भइ हाल धनगढीमा बसेर काम गर्ने , पढ्ने युवाहरु एकबद्ध भएका युवा जागरण अभियानका संयोजक विशाल भट्टले बताए ।
करिब ५० जना युवाको उपस्थितिमा युवा जागरण सुरु गरिएको छ । अब निरन्तर सामाजिक सञ्जाल लगायत भौतिकसँगै डिजिटल माध्यमबाट खबरादारी गर्ने गरी युवाहरुले अभियान सुरु गरेको युवा जागरण अभियानका सामाजिक सञ्जाल खबरदारी संयोजक आर एस महराले जानकारी दिए ।
युवा जागरण अभियानका संयोजक भट्टले यो अभियानले छिट्टै पुर्णता पाउने र युवाहरुमा राजनीतिक सचेतनाको विकास गर्ने बताए ।