धनगढी, २४ जेठ / खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले विश्वास खाद्य दिवसको अवसरमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरेको छ। अन्तरक्रिया कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा गरेको कार्य विवरण प्रस्तुत गरको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले नौ महिनामा गरेका कार्य विवरणमा खाद्य तथा दाना उद्योग अनुगमन सिफारिस अनुज्ञापत्र जारी तथा नवीकरण कार्यक्रम, खाद्य बजार तथा होटल रेस्टुरेन्ट अनुगमन, खाद्य तथा दाना नमुना सङ्कलन, खाद्य तथा दाना नमुना विश्लेषण, खाद्य तथा दाना ऐन अनुरूप कारबाही, खाद्यखोच्चता गुणस्तर सम्बन्धी उजुरी तथा गुनासो सम्बोधन एवं व्यवस्थापन र राजस्व सङ्कलन तथा वित्तीय प्रगति बारे कार्यालयका खाद्य अनुसन्धान अधिकृत सुमन लामिछानेले प्रस्तुतिकरण गरेका थिए।
यस्तै विशेष काम कारबाहीहरूमा शंकास्पद मोह बिक्री वितरण मा १६ जना भारतीय नागरिक पक्राउ, सरोकारवाला निकायहरूसँगको संयुक्त अनुगमनमा लम्किचुवा नगरपालिका १ बाट ११५ बोरा अखाद्य मासको दाल जफत गरी नष्ट गरिएको जस्ता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेका काम कारबाही र प्रगति विवरणबारे जानकारी दिएका थिए।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हरेराम प्रधानले जनशक्तिको अभाव हुँदाहुँदै पनि समाजमा खाद्य स्वच्छता अभियानमा आफूहरू लागिरहेको बताए। अब घुम्ती खाद्य प्रयोगशाला पनि प्राप्त भएकाले थप सहज हुने उनको भनाइ रहेको छ।
“खाद्य पदार्थमा स्वच्छता: विज्ञानको अपरिहार्यता” भन्ने मूल नाराका साथ यस वर्ष विश्व खाद्य स्वच्छता दिवस मनाइएको हो ।