धनगढी, २१ जेठ / सुदूरपश्चिममा तीन जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गौरीफन्टा नाका कैलालीमा गरिएको ३६ एन्टिजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो।
अहिले भारतमा कोरोना बढिरहेको छ। भारतबाट नेपाल फर्किनेहरूमा कोरोना देखिन थालेको छ। कोरोना संक्रमण पुष्टि हुन थालेपछि सर्वसाधारण लगायत सबैलाई सचेत हुन आग्रह गरिएको छ।