धनगढी, २१ जेठ / कैलालीको धनगढीमा लगानी तथा विकास सम्मेलनका लागि पूर्वतयारी स्वरूप प्रि-समिट सुरु भएको छ । बुधबार परराष्ट्रमन्त्री डा. आरजु राण देउवाको प्रमुख आतित्थ्यतामा प्रि-समिट सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भइरहेको प्रि-समिटमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको पनि उपस्थिति छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनका लागि पूर्वतयारी स्वरूप प्रि-समिट आयोजना गरिएको हो । ‘सुदूरपश्चिमको सशक्तीकरण स् लगानी, नवप्रवर्तन र उन्नति’ मूल नाराका साथ सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन असोज १ र २ गते आयोजना गर्दैछ ।