काठमाडौं , २१ जेठ / गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूले आन्दोलन रोकेमात्र सुरक्षाकर्मी पाउने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले आन्दोलनमा खटाउन सुरक्षाकर्मी आवश्यक परेकाले फिर्ता बोलाइएको जिकिर गरे ।
जुन शासन व्यवस्थाले सुरक्षाकर्मी पाएका छन्, त्यही शासन व्यवस्थाको विरुद्ध लागेपछि सुरक्षाकर्मी पनि फिर्ता बोलाएको मन्त्री लेखकले दाबी गरेका छन्। आन्दोलन गरिराख्नेहरूको सुरक्षाको जिम्मेवारी सरकारले नलिने समेत बताए ।
‘गणतन्त्रविरुद्ध लागेपछि’ सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन सांसदको पीएसओ खोसेको थियो ।