बाजुरा, १८ जेठ / बहु–बिबाह मुद्दामा फरार बाजुराकी मन्जु रोकाया पक्राउ परेकी छिन्।
जिल्ला अदालत बाजुराको फैसलाले बहु–बिबाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएकी बाजुराको गौमुल गाउँपालिका१ अमलेस बस्ने २७ वर्षकी मन्जु रोकाया पक्राउ परेकी हुन्।
रोकायालाई इलाका प्रहरी कार्यालय गौमुल, बाजुराबाट खटिएको प्रहरी टोलीले शनिबार उनकै घरबाट पक्राउ गरेको हो।