• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारतमा बढ्न थाले कोरोना संक्रमित, सिमा क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

जेठ, १६ /  भारतमा फेरि कोभिड-१९ का संक्रमित देखिन थालेपछि पर्सामा सतर्कता अपनाउने निर्णय गरिएको छ। पर्साको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सीमा नाकामा स्वास्थ्य जाँच कडाइ गर्ने निर्णय गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा सम्पन्न बैठकले भारत र नेपालका विभिन्न ठाउँमा कोभिड संक्रमित फेला परेका कारण जोखिम बढेको भन्दै सतर्कता अपनाउनु जरुरी भएको निष्कर्ष निकालेको हो।

प्रजिअ अर्यालले भने, ‘सीमा नाकामा हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय गरेका छौं। सुरक्षाकर्मी र आवश्यक जनशक्ति खटाएर व्यवस्थित स्क्रिनिङ गरिनेछ।’ उनले भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरूमाथि निगरानी बढाउने र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरे।

बैठकले जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। शंकास्पद बिरामीलाई अन्यत्र रेफर नगर्न र मास्क, सेनिटाइजर, अक्सिजनलगायतका महत्वपूर्ण सामग्रीको स्टक सुनिश्चित गर्न पनि निर्णय गरिएको छ।

सीमामा खटिएका कर्मचारीले तलब सुविधा नपाएको गुनासो आएपछि, रोकिएको पारिश्रमिक दिन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै, कोभिड परीक्षणका लागि आवश्यक आरडिटी, पीसीआर कीट र खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने बताइएको छ।

कोभिडसम्बन्धी जनचेतना अभिवृद्धि र स्वास्थ्य सतर्कता अपनाउन सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय पनि बैठकमा गरिएको छ।

शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.