धनगढी, १५ जेष्ठ/नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा धनगढीमा स्वास्थ्य परीक्षण गरेको छ ।
स्वास्थ्य कार्यालय कैलालीको सहयोगमा, नेपाल प्रेस युनियन सुदूरपश्चिमको समन्वयमा नेपाल प्रेस युनियन कैलालीले स्वास्थ्य परीक्षण गरेको हो ।
स्वास्थ्य परीक्षणमा ३० जना पत्रकारले स्वास्थ्य परीक्षण गराएका थिए । उच्च रक्तचाप, सुगर र युरिन परीक्षण गरिएको स्वास्थ्य कार्यालय कैलालीका हेल्थ असिस्टेन्ट मीन धामीले बताउनुभयो ।