धनगढी, १३ जेठ / नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवस आज ‘प्रेस युनियनको अभियान ,भौतिक र पेशागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।

यस्तै धनगढीमा पनि नेपाल प्रेस युनियन कैलाली शाखाको आयोजनामा तथा प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिको समन्वयमा धनगढीमा दीप प्रज्वलन गर्दै स्थापना दिवस मनाइएको हो।
नेपाल प्रेस युनियन कैलाली शाखाका सचिव शंकर बोहराका अनुसार, कार्यक्रममा युनियनका केन्द्रिय प्रदेश र जिल्ला स्तरका वर्तमान तथा पूर्व पदाधिकारीहरूको उपस्थिति रहेको जानकारी दिए।
स्वतन्त्र पत्रकारिताको पक्षमा आवाज उठाउँदै ३४ वर्षअघि स्थापना गरिएको प्रेस युनियनले विगतमा थुप्रै आरोह-अवरोह पार गर्दै यो यात्रालाई निरन्तरता दिँदै आएको प्रेस युनियन कैलाली शाखाका अध्यक्ष तथा दीप प्रज्वलन कार्यक्रमका संयोजक सीताराम ओझाले बताए।