धनगढी, १२ जेठ / सुदुरपश्चिम प्रदेशको आर्थिक बृद्धिदर सबैभन्दा पछाडी देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालका सातै प्रदेशको आर्थिक बृद्धिदर बारे गरेको प्रक्षेपन अनुसार सुदुरपश्चिममा सबैभन्दा कम ३ दशमलव ३२ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान गरेको छ । कृषी क्षेत्र सुधार भइरहेपनि त्सको प्रसोधन तथा बजारिकरणको अभावका कारण आर्थिक बृद्धिदर पुछारमा पुगेको बिज्ञहरु बताउछन् ।
ध्नगढीमा आयोजित कार्यक्रममा तथ्याकं समन्वय कार्यालय कैलालीका प्रमुख गोबिन्द न्यौपानेले प्रस्तुत गरेको तथ्याकं अनुसार राष्ट्रिय तथ्यांक कार्यालयको प्रक्षेपनमा सबैभन्दा बढी बृद्धिदर गण्डकी प्रदेशमा हुने छ । गण्डकी प्रदेशमा ५ दशमलव ५१ प्रतिशतले आर्थकि बृद्धि हुने छ । त्यस पछि बागमती प्रदेशमा ५ दशमलव १८ प्रतिशतले बृद्धी हुने छ, भने सुदुरपश्चिम प्रदेशमा सबैभन्दा कम ३ दशमलव ३२ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान गरिएको छ । सुदुरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मुल्यमा चालु आर्थिक बर्षका लागी ४ खर्ब ३० अर्ब रहने अनुमान छ । चालु आर्थिक बर्षमा सबैभन्दा बढी योगदान कृषी, बन तथा मस्य क्षेत्रको रहने अनुमान गरिएको छ भने, सबैभन्दा कम प्रशासनिक तथा सहयोगी सेवा क्षेत्र रहेको छ ।
सुदुरपश्चिममा कृषीको अथाह सम्भावना भएपनि त्यसको उपयोग गर्न नसकेकै कारण आर्थिक बृद्धिदरमा बृद्धि हुन नसकेको बिज्ञहरु बताउछन् । कृषीको उत्पादन बढिरहेपनि यसको उपयोग गर्न नसकेकै कारण कृषी क्षेत्रले आर्थिक बृद्धिदर बढाउन नसकेको बिज्ञको भनाई छ । सुदुरपश्चिममा उद्योग तथा कलकारखाना नभएकै कारण आर्थिक बृद्धिदरमा पछाडी देखिएको अर्थशास्त्री राजेन्द्र बिर चन्द बताउछन् । सुदुरपश्चिममा उत्पादन भएको कृषी तथा फलफुललाई उद्योग मार्फत प्रसोधन गरेर बजारमा ल्याउन सके मात्रै यहाँको आर्थिक बृद्धिदर बढ्ने उनको भनाई छ ।
सुदुरपश्चिममा आर्थिक बृद्धिदरमा पछाडी परेको भन्दै प्रदेश सरकारले चिन्ता ब्यक्त गरेको छ । नयाँ आर्थिक बर्षका लागी आउन लागेको निति तथा कार्यक्रम अब आर्थिक बृद्धिदर बढाउने गरी ल्याउने सरकारको दावी छ । एक स्थानिय तह एक कृषी पकेट क्षेत्रका रुपमा निति तथा कार्यक्रम आउने जनाउँदै निति तथा योजना आयोगले अब कृषीको उत्पादन बढाएर आद्योगिक बिकासमा समेत जानुपर्ने उल्लेख गरेको छ । आर्थिक बृद्धिदरमा सुदुरपश्चिमलाई माथी उकास्ने किसिमको निति तथा कार्यक्रम आउने निति तथा योजना आयोगका उपाध्यक्ष जिवन रानाले बताइन् ।
अबको सुदुरपश्चिम उत्पादन सगं जोडिने बताउँदै रानाले यहाँको उत्पादनलाई यसै ठाउँमा प्रसोधन गरिनुपर्ने धारणा राखिन् । प्रदेश सरकार सुदुरपश्चिमको आर्थिक बृद्धिद्धर बढाउन आवश्यक कार्यक्रम निति तथा कार्यक्रममै समावेश गर्न लागेको रानाले बताइन् । सुदुरपश्चिममा भएका उद्योग समेत धमाधम बन्द भइरहेका छन् । यहाँ उत्पादित स्याउ प्रसोधन देखी धान गहुँ समेतको प्रसोधन गरी बजारमा ल्याउन सके औधोगिक बिकास सम्भव छ ।