• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम प्रदेशको १० महिनाको खर्च ३३ प्रतिशत मात्रै

धनगढी, १२ जेठ /  सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८२ को १० महिनाको खर्च ३३.२० प्रतिशत मात्रै देखिएको छ। चालुतर्फ ४३.८८ प्रतिशत र पुँजीगततर्फ २५.९५ भएको छ। यसको औसत ३३।२० प्रतिशत हुन्छ। प्रदेश सरकारले ३१ अर्ब ५३ करोड ६६ लाख रुपियाँ बजेट विनियोजन गरिएकोमा वैशाख मसान्तसम्म १० खर्ब ४७ करोड चार लाख रुपियाँ खर्च भएको छ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय धनगढीका अनुसार ३६ करोड ४७ लाख रुपियाँ बजेटमध्ये चार करोड ७५ लाख रुपियाँ मात्रै खर्च गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रगतिको पुछारमा छ। २० करोड २४ लाख रुपियाँ बजेटमा नौ करोड ६१ लाख रुपियाँ खर्च गरेर आर्थिक मामिला मन्त्रालय सबैभन्दा अगाडि छ। आर्थिक मामिलाका लागि ३१ करोड ४१ लाख रुपियाँ बजेट विनियोजन भएर १४ करोड ३९ लाख रुपियाँ खर्च गर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय दोस्रो स्थानमा छ।

सबैभन्दा ठुलो बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च ३१ प्रतिशत पुगेको छ। यस मन्त्रालयमा १४ अर्ब ६६ करोड ८३ लाख रुपियाँ बजेट विनियोजन भएकोमा चार अर्ब ५१ करोड ८० लाख रुपियाँ खर्च भइसकेको छ। यस्तै छ अर्ब ७१ करोड ४८ लाख रुपियाँ बजेट भएको सामाजिक विकास मन्त्रालयको दुई अर्ब ३६ करोड ९० लाख रुपियाँ खर्च भएको छ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको एक अर्ब ९१ करोड ७३ लाख रुपियाँ बजेट रहेकोमा ७८ करोड ६० लाख रुपियाँ खर्च भएको छ। दुई अर्ब ८५ लाख ७१ हजार रुपियाँ बजेटमध्ये ७० करोड ८७ लाख रुपियाँ खर्च भएको छ। स्थानीय तहका लागि विनियोजन गरेको तीन अर्ब ७४ करोड १९ लाखमध्ये एक अर्ब ६५ करोड ८७ लाख रुपियाँ खर्च भएको छ।

प्रदेश व्यवस्थापिकालाई १८ करोड १७ लाख रुपियाँ विनियोजन भएकोमा १२ करोड १२ लाख रुपियाँ खर्च भएको छ। प्रदेश योजना आयोगलाई चार करोड ३१ लाख रुपियाँ विनियोजन भएकोमा एक करोड ७३ लाख रुपियाँ खर्च भएको छ। ७२ लाख ५८ हजार रुपियाँ बजेट विनियोजन भएको प्रदेश लोक सेवा आयोगले ३९ लाख २३ हजार रुपियाँ खर्च गरेको छ।

सुदूरपश्चिममा गत आवमा पनि ६४ प्रतिशत मात्रै बजेट खर्च भएको थियो। यस वर्ष साउन २१ मा मात्रै नयाँ सरकार बनेको र बजेट ल्याउन दुई महिना ढिलो भएको थियो। “यस वर्ष गत वर्षको तुलनामा छ प्रतिशत पुँजीगत खर्च कम देखिन्छ, बजेट पनि ढिला आयो, प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले भने, ठेक्कापट्टा लागेका कामको भुक्तानी वर्षको अन्त्यमा लिने परिपाटीले अबको दुई महिना खर्च बढ्छ तर जम्मा खर्च गत वर्षकै हाराहारीमा हुने अनुमान छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव यज्ञ पुरीले पनि दरबन्दी अनुसारको जनशक्ति नभएका कारण चालु खर्च र जनशक्ति अभावका कारण भुक्तानीमा ढिलाइ भएकाले खर्च प्रगति कम देखिएको बताए। सचिव पुरीले भने, मुख्यमन्त्रीले मन्त्रीहरूलाई हरेक बैठकमा कामको प्रगति बढाउन निर्देशन भइरहेको छ तर आव सकिन लाग्यो भनेर बजेट सिध्याउने काम गर्न नहोस् भन्नेमा पनि सचेत छौँ।

 

सोमबार, जेठ १२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.