धनगढी, ९ जेठ / नेपाल विद्युत् प्राधिकरण, प्रगति वितरण केन्द्र धनगढीले एक सूचना जारी गर्दै मिति जेठ १० गते बिहान ५ बजे देखि ९ बजे सम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ।
सूचना प्रकाशन गर्दै धनगढी उपमहानगरपालिका वार्ड नम्बर ५ अन्तर्गत डिभोटि होटलदेखि हसनपुर पीपल चौतारासम्म पर्ने सडक बत्ती पोल, तार, बत्ती व्यवस्थापन कार्यका लागि चार घण्टा लाइन बन्द रहने जानकारी गराएको छ ।
विद्युत् प्राधिकरणले यस अवधिमा सो क्षेत्रका सम्पूर्ण लाइन अवरुद्ध हुने स्पष्ट जानकारी दिँदै सम्बन्धित सेवाग्राहीलाई अग्रिम जानकारीमा लिन अनुरोध गरेको छ। यसबाट ग्राहकवर्गमा पर्न सक्ने असुविधाका लागि प्राधिकरणले क्षमा याचना समेत गरेको छ।
विद्युत् अवरुद्धका कारण त्यस क्षेत्रका सडक बत्ती सञ्चालनमा समस्या हुन सक्ने हुँदा नागरिकहरुलाई सतर्क रहन अनुरोध गरिएको छ।
प्राधिकरणले काम सम्पन्न भएसँगै यथाशीघ्र सेवा पुनः सुचारु गरिने समेत सुचनामा उल्लेख गरेको छ।