• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रेस चौतारीको पत्रकारिताको आडमा भइरहेको गैर पेशागत क्रियाकलाप रोक्न माग

धनगढी,८ जेठ /  प्रेस चौतारी नेपाल कैलालीले जिल्लामा पत्रकारिताको आडमा भइरहेको गैर पेशागत क्रियाकलाप रोक्न माग गरेको छ । पत्रकारको पेशागत हक, हित, सुरक्षा तथा प्रेस स्वतन्त्रताका पक्षमा निरन्तर वकालत गर्दै आइरहेको उल्लेख गर्र्दै प्रेस चौतारीले पछिल्लो समय कैलालीमा पत्रकारिताका नाममा भइरहेको केही गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ।

पत्रकार र सञ्चार माध्यमको नियमन गर्ने प्रेस काउन्सिल नेपालले बुधबार सार्वजनिक गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा उल्लेख गरिएका कैलालीसहितका केही जिल्लामा मिडियाको आवरणमा सरकारी कार्यालयमा गएर विज्ञापनको नाममा बार्गेनिङ गर्ने, धम्की दिने, अनाधिकृत कार्ड बनाएर गैरपेशागत क्रियाकलाप गर्ने, पत्रकार सम्मेलन गरिदिने भन्दै रकम असुली गर्नेजस्ता कार्यहरू बढ्दै गएको विषयप्रति चासो व्यक्त गरेको छ।

प्रेस चौतारीले यस्ता क्रियाकलापले जिल्लाको सम्पूर्ण पत्रकारिता क्षेत्रलाई नै बदनाम बनाउने खतरा रहेको भन्दै पेशागत मर्यादा पालन गर्दै व्यवसायिक पत्रकारिता गरिरहेका पत्रकारहरूको मनोभावनामा ठेस पुग्ने गरी गैरपेशागत गतिविधिमा संलग्नहरूको तत्काल पहिचान गर्न पत्रकार महासंघ कैलालीको ध्यानाकर्षण गराएको छ ।

प्रेस चौतारी कैलालीका अध्यक्ष जनक सिंह विष्टले महासंघका अध्यक्ष श्रवण देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै त्यस्ता व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

संगठनका अध्यक्ष र सचिव दिनेश विष्टले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र र प्रेस विज्ञप्तिमा गैर सञ्चार माध्यमको प्रयोग गरेर पत्रकारको उपमा दिएर अमर्यादित सामग्री सम्प्रेषण गरी समाजमा भ्रम फैलाउने कार्यमा संलग्नहरूको समेत पहिचान गरी कानुनी कारबाही गर्न पनि माग गरिएको छ ।

विज्ञप्तिमार्फत समेत जिल्लामा क्रियाशील सम्पूर्ण पत्रकारहरूलाई प्रेस आचारसंहिताभित्र रही मर्यादित, सभ्य र व्यवसायिक पत्रकारिता गर्न आग्रह गर्दै प्रेस चौतारीले पत्रकारिता पेशाको विश्वसनीयता र गरिमा जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएको छ।

महासंघका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउन प्रेस चौतारीका अध्यक्ष विष्टसहित सचिव दिनेश विष्ट, सहसचिव ध्रुव ओझा, सदस्य पूर्णबहादुर साउद, दिनेश राना लगायतका नेताहरु महासंघ पुगेका थिए ।

बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.