धनगढी,४ जेठ । एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपपिश्चम प्रदेशस्तरीय छनोटको तालिका सार्वजनिक भएको छ । छनोट प्रतियोगित जेठ ८ बाट बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला, सुन्दरखालीमा हुने भएको छ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघ र बैतडी जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुने बताइउको छ । प्रतियोगितामा नेपाल क्रिकेट संघमा अबद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहनेछ । प्रतियोगिताको खेलतालिकासमेत सार्वजनिक गरिएको छ ।
सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा डडेल्धुरा, बैतडी, बझाङ र डोटी तथा समूह ‘बी’मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला छन् । जेठ ८ गते बैतडी र बझाङबीच उद्घाटन खेल हुनेछ । सोही दिन डडेल्धुरा र डोटीबीच अर्को खेल हुनेछ ।